back
CTIZAN AD

नुवाकोटका भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने

वि.सं.२०७५ फागुन १२ आइतवार

900 

shares

१२ फागुन, नुवाकोट ।  जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन हुनुभएको छ । विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, सहसचिवमा नवराज भुजेल र कोषाध्यक्षमा पविना भट्ट चयन हुनु भएको छ । सदस्यमा कान्छी नेपाली, मदन सूचीकार, सानुकान्छा श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, रणबहादुर तामाङ, रञ्जु लामिछाने र कल्पना न्यौपाने चयन हुनु भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफ्नो कार्यकालमा विर्ता र गुठी समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरिने र भूमिहीन सुकुम्वासीलाई जग्गाको लालपुर्जा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय भूमिअधिकार मञ्चका संस्थापक अध्यक्ष सोमप्रसाद भण्डारीले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि प्राथमिकतामा नै नपारेको आरोप लगाउनुभयो । जिल्लामा पाँच हजार रोपनी बिर्ता जग्गा तलबस्वरुप वा खुशी भएर दिइएको छ । जिल्लाका विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या विद्यमान रहेको मञ्चका अध्यक्ष नेपालले बताए । जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेका चार हजार ९५७ रोपनी बिर्ता छ ।

वि.सं.२०७५ फागुन १२ आइतवार १३:३४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...