back

पश्चिमी वायुको प्रभाव, अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

वि.सं.२०७५ फागुन १२ आइतवार

408 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, काठमाडौ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताइन् ।

आज मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भु–भागका एक÷दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकमत तापक्रम २५।५ डिग्री र न्युनतम तापक्रम ६।८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकमत तापक्रम २८।४ डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७५ फागुन १२ आइतवार १३:३७ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...