back

३३ लाख बजेटबाट नदी नियन्त्रणको काम शुरु

वि.सं.२०७५ फागुन १२ आइतवार

378 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, बेनी ।म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका र सङ्घीय सरकारबाट विनियोजन भएको रु ३३ लाख बजेटबाट बजार संरक्षणको लागि पक्की पर्खाल निर्माण शुरु गरिएको हो ।

दरबाङमा नदी कटान रोक्न गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको थियो भने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापामार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रु २५ लाख बजेट विनियोजन भएको थियो ।

सङ्घीय सरकारसँगको साझेदारी कार्यक्रमको रूपमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रणको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । जनप्रिय माध्यमिक विद्यालयको पुरानो खेलकूद मैदानको छेउबाट बजारतर्फ कटान रोक्न पर्खाल निर्माण भइरहेको छ । यो वर्ष ४० मिटर पक्की पर्खाल निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रोकाले बताए ।

योजनामा स्थानीय उपभोक्ताले समेत श्रमदान गर्ने र योजनालाई गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । सो योजनामा अर्थुङ्गेस्थित श्रीबक्स गुल्मका गुल्मपति राजन दाहालको नेतृत्वमा १५ सैनिक जवानले एक दिन श्रमदान गरेको उपाध्यक्ष बिटालुले बताए ।

वर्षातको समयमा नदीको धार बजारतर्फ सोझिन थालेपछि गत वर्षदेखि दरबाङमा नदी नियन्त्रणको काम शुरु भएको थियो । गतवर्ष गाउँपालिका मार्फत विनियोजन भएको रु १८ लाख बजेटबाट पक्की पर्खाल निर्माण शुरु गरिएको थियो ।

वि.सं.२०७५ फागुन १२ आइतवार १३:४३ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...