back
CTIZAN AD

३३ लाख बजेटबाट नदी नियन्त्रणको काम शुरु

वि.सं.२०७५ फागुन १२ आइतवार

726 

shares

१२ फागुन, बेनी ।म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका र सङ्घीय सरकारबाट विनियोजन भएको रु ३३ लाख बजेटबाट बजार संरक्षणको लागि पक्की पर्खाल निर्माण शुरु गरिएको हो ।

दरबाङमा नदी कटान रोक्न गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको थियो भने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापामार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रु २५ लाख बजेट विनियोजन भएको थियो ।

सङ्घीय सरकारसँगको साझेदारी कार्यक्रमको रूपमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रणको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । जनप्रिय माध्यमिक विद्यालयको पुरानो खेलकूद मैदानको छेउबाट बजारतर्फ कटान रोक्न पर्खाल निर्माण भइरहेको छ । यो वर्ष ४० मिटर पक्की पर्खाल निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रोकाले बताए ।

योजनामा स्थानीय उपभोक्ताले समेत श्रमदान गर्ने र योजनालाई गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । सो योजनामा अर्थुङ्गेस्थित श्रीबक्स गुल्मका गुल्मपति राजन दाहालको नेतृत्वमा १५ सैनिक जवानले एक दिन श्रमदान गरेको उपाध्यक्ष बिटालुले बताए ।

वर्षातको समयमा नदीको धार बजारतर्फ सोझिन थालेपछि गत वर्षदेखि दरबाङमा नदी नियन्त्रणको काम शुरु भएको थियो । गतवर्ष गाउँपालिका मार्फत विनियोजन भएको रु १८ लाख बजेटबाट पक्की पर्खाल निर्माण शुरु गरिएको थियो ।

वि.सं.२०७५ फागुन १२ आइतवार १३:४३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...