back
CTIZAN AD

गाउँकै कृषि क्षेत्रमा परिवर्तन ल्याए ‘दूध मास्टर’ यादवले

वि.सं.२०७५ फागुन १४ मंगलवार

720 

shares

१४ फागुन, नारायणपुर । दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आएका यादवले व्यावसायिक भैँसीपालन मात्र गरेका छैनन् । गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आएका छन् । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याएका छन् ।

विशेषगरी दूध सङ्कलन गरेर गाउँमै दूध बिक्री गर्ने वातावरण मिलाएका ा यादवले आफैँले पनि भैँसीपालन गरेका छन् । दैनिक २०० लिटर दूध सङ्कलन गर्दै आउनुभएका यादवलाई स्थानीयले ‘दूध मास्टर’ भन्ने गर्छन् । बत्तीस किसानको दूध सङ्कलन गरेर दुग्ध उद्योगमा पु¥याउँदै आएका यादवले दूध बिक्रीबाट मासिक रु ३० हजारदेखि रु ४० हजार आम्दानी गर्दै आएका छन् ।

“धेरैले मलाई दूध मास्टर भनेर चिन्छन्”, यादवले भने, “शिक्षण पेसालाई असर परेको छैन, विद्यालय समयभन्दा बाहेकको समयमा भैँसीपालन र दुग्ध केन्द्र सञ्चालन गर्दै आएको छ । गढवा क्षेत्र दूध उत्पादन हुने क्षेत्र हो । यहाँबाट लमहीसम्म दुग्ध सामग्री बजार पु¥याउन गाह्रो भएपछि उहाँ आफैँले सङ्कलन केन्द्र खोल्नु भएको हो । दुुग्ध सङ्कलन केन्द्र खोलेपछि २० किलोमिटर टाढा दूध बोकेर बिक्री गर्न जानुपर्ने बाध्यता हटेको छ ।

दुग्ध सङ्कलन केन्द्रलाई राप्ती पारी क्षेत्रकै नमूना बनाउने यादवको लक्ष्य छ । “चिलिङभ्याट खरीद गरी दैनिक ५०० लिटर दूध सङ्कलन गर्ने लक्ष्य छ”, यादवले भने । विगत २५ वर्षदेखि व्यावसायिक रुपमा दूधको कारोवार गर्दै आउनुभएका उनले अहिले दुई छोरालाई कृषि विषय नै पढाएका छन् । “छोरा विशेषज्ञ भएपछि पेसा गर्न सजिलो होला भन्ने आश गरेको छु”, यादवले भन्नुभयो । उनकै पहलमा शक्ति उपभोक्ता सहकारी संस्था स्थापना भएको छ । सहकारी संस्थामा २५० किसान आबद्ध छन् । यस्तै आधारशीला सहकारी स्थापना गरी दुग्ध उत्पादक किसानलाई उनले समेट्दै आएका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०८:४७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...