back
CTIZAN AD

चीनद्वारा निजी कम्पनी तथा फर्मलाई बैंकिङ कर्जा वृद्धि गरिदिने

वि.सं.२०७५ फागुन १४ मंगलवार

642 

shares

१४ फागुन, बेइजिङ, चीन ।  चिनियाँ अधिकारीले चीनका निजी कम्पनी तथा फर्मलाई दिइँदै आएको बैंकिङ कर्जामा वृद्धि गर्न माग गरेका छन् ।

साना तथा लघु उद्योगलाई लक्षित गरी बैंकले कर्जा रकममा वृद्धि गर्न अधिकारीले सुझाव दिएका हुन् ।

चिनियाँ बैंकिङ तथा बीमा नियमनकारी आयोग (सीबीआईआरसी) ले सार्वजनिक गरेको नीतिअनुसार राज्य सञ्चालित ठूला ऋणदाताले साना तथा लघु कम्पनीहरू जसले १५ लाख अमेरिकी डलर बराबर वा सोभन्दा कम ऋणको माग गरिरहेका छन्, लाई यस वर्षबाट ३० प्रतिशत प्रतिशत कर्जा वृद्धि गरिने बताइएको छ ।

आयोगका उपाध्यक्ष वाङ झाओसिङले सोमबार एक पत्रकार सम्मेलनमा भने, “राज्य सञ्चालित बैंकले गत वर्ष ती कम्पनीलाई दिइने कर्जामा २१ प्रतिशतले वृद्धि गरेको थियो भने बैंकहरूले उनीहरूलाई दिने कर्जालाई यस पहिलेदेखि नै बढाउन थालिसकेका छन् ।”

सीबीआईआरसीको नयाँ नियमले हरेक वाणिज्य बैंकद्वारा उनीहरूको वार्षिक लक्ष्यमा मार्चको अन्त्यसम्ममा निजी फर्मलाई कर्जा दिने व्यवस्था गर्न निर्देशन गरेको छ । कर्जा उपलब्ध गराइएको वा नगराइएको बारे त्रैमासिकरूपमा अनुगमन गरिने सीबीआईआरसीले जनाएको छ ।

आयोगको नयाँ नियमानुसार कर्जा प्रवाह गरिएको वा नगरिएको कडा रूपले अनुगमन गरिने बताइएको छ । कर्जा परीक्षण र अनुमोदन प्रक्रियामा बैंकले अविवेकी खालको शर्त खडा गर्न नपाउने राज्य सञ्चालित बैंकिङ संस्थाले जस्तै समान दर र नियम लागू गर्नुपर्नेछ ।

चीनले लगानीको अभावमा रहेका साना तथा मझौला कम्पनीलाई प्रोत्साहन गरी उनीहरूको आर्थिक कठिनाइका साथै राष्ट्रिय उत्पादनलाई वृद्धि गरी देशको समग्र आर्थिक वृद्धिदरलाई बढाउने लक्ष्य लिएको हो ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १०:१७ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...