back
CTIZAN AD

दक्षिण कोरिया महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये अग्रस्थानमा

वि.सं.२०७५ फागुन १४ मंगलवार

663 

shares

१४ फागुन, सोल, दक्षिण कोरिया । योन्हाप महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ ।

सन् २०१७ को तथ्याङ्कअनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भुक्तानी पाउने गरेको पाइएको छ ।

ओईसीडी राष्ट्रका कामदारको औसत आम्दानीभन्दा दुई तिहाइ कमी ज्याला भुक्तानी पाउने श्रमिकको आम्दानीलाई न्यूनतम आम्दानी भएको मानिन्छ ।

छतीस राष्ट्र सदस्य रहेको ओईसीडीमा दक्षिण कोरियाका महिलाको ज्याला भुक्तानी दरमा आर्थिक हिसाबले समृद्ध मानिने आठ मुलुकमध्ये सबैभन्दा अग्रस्थानमा रहेको सन् २०१७ को तथ्याङ्कले देखाएको छ । दुई नम्बरमा रहेको अमेरिकामा २९.०७ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको पाइएको छ ।

सर्वेक्षणले सन् २०१६ मा २३ देशको तथ्याङ्कको तुलना गरेको थियो जसमा उक्त वर्ष ३७.२ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको थियो । सन् २०१६ मा इजरायल ३०.४२ प्रतिशतसहित दोस्रो कम ज्याला भुक्तानी गर्ने स्थानमा रहेको थियो ।

सन् २०१७ मा ओईसीडी राष्ट्रका लागि औसत ज्याला भुक्तानी प्रतिशत दर २०.०१ प्रतिशत रहेको थियो ।

यद्यपि दक्षिण कोरियाका लागि सान्त्वनाको कुरा के छ भने महिलालाई निम्न ज्याला दिने मुलुकको अग्रस्थानमा नाम आए पनि आफ्नै पुराना रेकर्डलाई भने कोरियाले सुधार गरेको छ । सन् २००० मा यो दर ४५.७७ थियो भने २०११ मा ३८.२१ रहेको थियो । तर सन् २०१४ पछि महिलालाई दिइने ज्यालादरमा क्रमशः वृद्धि भएको छ ।

दक्षिण कोरियामा पुरूष कामदारलाई दिइने ज्याला भने सन् २०१७ मा औसतको नजिक रहेको देखिएको तथ्याङ्कमा छ ।

कम ज्याला पाउने पुरूष १४.३ प्रतिशत रहेको र आठ मुलुकमध्ये पाँचौँमा परेको छ । यो दर सन् २०१६ मा १५.३ प्रतिशत रहेको र मापन गरिएका २४ मुलुकमध्ये नवौँमा परेको थियो ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १०:२६ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...