back
CTIZAN AD

अदालत नजिकै गोली चल्दा तीनको मृत्यु, छ घाइते

वि.सं.२०७५ फागुन १४ मंगलवार

690 

shares

१४ फागुन, जोहानेसबर्ग, दक्षिण अफ्रिका ।  दक्षिण अफ्रिकाको दर्बानस्थित उच्च अदालत रहेको भवनमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको र छ जना अन्य घाइते भएको यहाँको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले सोमबार जनाएका छन् ।

प्रहरी प्रवक्ता थेम्वेका एमबेलेले घटनाको पुष्टि गर्दै एएफपीसँग भन्नुभयो, “एक बन्दूकधारीले चलाएको गोली लागी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना नगर प्रहरी रहेका छन् ।”

“मृतक अन्य दुई जना महिला रहेका छन् भने उनीहरूको सनाखत हुन सकेको छैन ।” आकस्मिक उद्धार सेवाकी उद्धार परिचालन शाखाकी निर्देशक गारिथ यामिन्सनले भन्नुभयो, “घाइते छ जनामध्ये पाँच जनालाई गम्भीर चोट लागेकाले अस्पतालमा उपचारका लागि पठाइएको छ ।

उद्धारका लागि आफ्नो टोली तत्काल घटनास्थलमा पुगेको तर घटनास्थलमा रगतको आहाल देखिएको उनले बताए ।

गोली भवनको पहिलो तल्लामा चलेको र उक्त स्थान सहरको उच्च अदालतनजिकै रहेको सुरक्षाकर्मीले बताएका छन् ।

स्मरण रहोस्, सोही सहरमा एक जना बिदामा रहेका एक प्रहरीले गोली चलाउँदा सम्बन्ध विच्छेद मामिला हेर्ने अदालतमा गोली चलाई सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्वश्रीमती र उनका भाइलाई हत्या गरेका थिए ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १०:२९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...