
१४ फागुन, काठमाडौ । केही समय अघि वाक युद्धमा रमाएका संयुक्त राज्य अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरीयाका राष्ट्रपति किम जोङ्ग उन अहिले एक आर्कालाई भेट्ने हतारोमा छन् । दुबैको भेट अहिले विश्वका लागि ‘हट केक’ भएको छ । उन ट्रम्पलाई भेट्न ४ हजार किलोमिटर लामो रेल यात्रा १ सय ७० कि.मी लामो कार यात्रा गरेर भीयतनामको हनोइ पुगेका छन् ।
गत वर्ष सीङगापुरमा भेटेका यी दूइ नेताका भेट यस पटक भिीयतनाममा हुन लागेको हो । होचीमीन्हका बामपन्थी सेनासँग पराजित भएको अमेरीकाका राष्ट्रपतिको हनोइ यात्रालाई पनि धेरैले चासोका साथ हेरेका छन् ।
वि.सं.२०७५ फागुन १४ मंगलवार १४:५८ मा प्रकाशित