back
CTIZAN AD

सम्वेदनशील बन्न भारत र पाकिस्तानलाई इयूको आग्रह

वि.सं.२०७५ फागुन १४ मंगलवार

639 

shares


१४ फागुन, ब्रसेल्स, बेल्जियम (रासस/एएफपी) । भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि यूरोपेली संघ (इयू) ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ ।

भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस्थल बनाउँदै आएको बताइने मौलाना अजहरको नेतृत्वमा रहेको लडाकू समूह जैस ए–मोहम्मदको शिविरमा आक्रमण गरेपछि आणविक हतियार सम्पन्न नयाँ दिल्ली र इश्लामावादबीच तनाव चर्किने सम्भावनालाई मध्यनजर गर्दै इयूको उक्त भनाई आएको हो ।

केही दिन पहिले काश्मिरमा सङ्घर्षरत जैस ए–मोहम्मद समूहले भारतीय सैनिकमाथि आत्मघाती आक्रमण गरी यसको जिम्मेवारी लिएको थियो । बदलामा भारतले मङ्गलबार विहानै पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको भारतीय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

इयू प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “हामी दुबै मुलुकसँग सम्पर्कमा रहेका छौँ । हामीले के विश्वास गरेका छौँ भने दुबै मुलुकले ‘अत्यधिक संयमता अपनाउन’ र स्थितिलाई थप तनावतिर जान नदिन जरूरी छ ।”

वि.सं.२०७५ फागुन १४ मंगलवार २०:२९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...