back

सम्वेदनशील बन्न भारत र पाकिस्तानलाई इयूको आग्रह

वि.सं.२०७५ फागुन १४ मंगलवार

375 

shares
GLOBAL IME AD
NTC AD


१४ फागुन, ब्रसेल्स, बेल्जियम (रासस/एएफपी) । भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि यूरोपेली संघ (इयू) ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ ।

भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस्थल बनाउँदै आएको बताइने मौलाना अजहरको नेतृत्वमा रहेको लडाकू समूह जैस ए–मोहम्मदको शिविरमा आक्रमण गरेपछि आणविक हतियार सम्पन्न नयाँ दिल्ली र इश्लामावादबीच तनाव चर्किने सम्भावनालाई मध्यनजर गर्दै इयूको उक्त भनाई आएको हो ।

केही दिन पहिले काश्मिरमा सङ्घर्षरत जैस ए–मोहम्मद समूहले भारतीय सैनिकमाथि आत्मघाती आक्रमण गरी यसको जिम्मेवारी लिएको थियो । बदलामा भारतले मङ्गलबार विहानै पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको भारतीय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

इयू प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “हामी दुबै मुलुकसँग सम्पर्कमा रहेका छौँ । हामीले के विश्वास गरेका छौँ भने दुबै मुलुकले ‘अत्यधिक संयमता अपनाउन’ र स्थितिलाई थप तनावतिर जान नदिन जरूरी छ ।”

वि.सं.२०७५ फागुन १४ मंगलवार २०:२९ मा प्रकाशित

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी...

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेन । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी...

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

पहलगाम (भारत) । सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा...

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

याङ्गुन । गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मामा घोषणा गरिएको युद्धविराम...

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...