परदेशमा हुँदा जब घर देशमा कुनै बिपत्ति आउँछ तब कुन चाहिँ नेपालीको मन नरोला र त्यो बिपत्तिको घडीमा न कुनै क्षेत्र,वर्ण र जात हेरिन्छ, न त कुनै पार्टी बिशेष नै। यस्तो कठीन घडीमा सबै मैलोहरु बिर्सेर मन खोलेर सहयोग गर्ने प्रवासी नेपालीहरुको बिशेषता नै हो।
जव देशमा बि.स. २०७२ सालमा महाप्रलयकारी भुकम्पको विनासले देश नेपालमा हजारौं जनधनको क्षति पुग्यो, लाखौं मानिसहरु घरवार बिहिन बने यस्तो परिस्थितिमा परदेशमा रहेका नेपालीहरुबाट देशमा केही राहत पुगोस भन्ने लक्ष्यका साथ् नेपालका लागि नेपाली भन्ने अभियान बाट सुरुभएको बेला राहत संकलन अभियान र ‘नेपालका लागि एक साँझ’ पुननिर्माणका लागि दुवै कार्यक्रमबाट करिव २५ लाख प्रधानमन्त्रि राहत कोषमा जम्मा गरिएको थियो ।
हाम्रो अभियान यतिकैमा रोकिएन बहराइनमा रहेका नेपाली श्रमिकहरुको हक, हित, भैपरी आउने घटना , दुर्घटना लगायत विभिन्न समस्या समाधानका साथै बहराइन नेपाल बीच व्यापार , पर्यटन प्रवर्दन तथा सस्कृति आदान प्रदान जस्ता कार्यक्रमहरुको सहजीकरणका लागि नेप्लिज वेलफेयर सोसाइटी बहराइन गठन गर्दै सस्थाले आफ्ना गतिविधिलाई नेपालीहरु बिचमा मात्रै सिमित नगरी अन्य देशहरुमा समेत परिचित गराउने उदेस्यका साथ विभिन्न कार्यक्रम गर्दै सस्था अहिले दोस्रो अधिवेसन भव्यताका साथ बहराइनको ओरेन्टल होटेलको सभाहलमा सस्थाको अध्यक्ष हिमाल घिमिरेको अध्यक्षता र महामहिम राजदुत पदम सुन्दासको प्रमुख अतित्यता साथै नियोग उपप्रमुख खगराज पाण्डेको बिशेष अतिथ्यता, बहराइनका नेपालीका अभिभावक गम गुरुङ , गैरआवासीय बहराइनका अध्यक्ष लालप्रसाद पुन साथै नेप्लिज वेलफेयर सोसाइटी बहराइनका पार्टनर सस्थाका प्रमुखहरुको बिशेष उपस्थिति, बैचारिक संगठनका प्रमुखहरु साथै बहराइनमा क्रियाशील छेत्रीय, जातीय र अन्य संघसस्थाका प्रमुखको उपस्थिति र दोस्रो अधिवेशनलाई नजिकबाट नियाल्नुहुने संस्थाका शुभचिन्तक हरुको बाक्लो उपस्थितिमा कार्यक्रमको समुदघाटन भएको थियो ।
कार्यक्रमलाई सस्थाका महासचिव सोमराज कन्दंवाले संचालन गरेका थिए । संस्थाका उपाध्यक्ष एवम चर्चित लोक गायक असिम महतको स्वागत मन्तब्यले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा संस्था स्थापना गर्न र संस्थाको उन्ननयनाम अतुलनिय योगदान पुर्याउनुहुने बिशेष महानुभाव उपनियोग प्रमुख खगराज पाण्डेलार्इ दोसल्ला ओढाई सम्मान गरियो ।
साथै नेपाली समाज र संस्थालाई अतुलनिय योगदान गरेवापत गम गुरुङ, यादव प्रसाद देवकोटा ज्यु, सुनिल शाह ज्यु, दुर्गा गिरि, श्रीमती लक्ष्मी गिरि, श्रीमती कृष्ण कुमारी बिस्टलाइ बिशेष सम्मान गरियो । साथै सस्थाका स्थापना कालदेखि सामाजिक सहकार्य लगायत बहराइन तथा नेपालमा भैपरी आउने समस्यालाइ सहयोग गरि मानवीय कार्य गरेवापत र संस्थाले ूवेलफेयर ट्रस्ट ू निर्माण गर्ने अभिप्रायका साथ गरिएको अभियानलाई सहयोग गरेवापत निम्न पार्टनर सस्थाहरु गुल्मेली सेवा समाज बहराइन , मोरङसुनसरी सेवा समाज बहराइन, तमु समाज बहराइन, स्यांजा सहयोग समाज, अर्घाखाची प्रवासी समाज बहराइन, चितवन सेवा समाज बहराइन , तामांग सेवा समाज बराइन , प्रवासी नेपाली एकता मंच, मिथिला सेवा समाज बहराइनलाइ सम्मान गरियो ।
उक्त कार्यक्रमको दिन रोजगारीको शिलशिलामा बहराईन आएको १ महिना पनि नबित्दै मिति ०५ अगष्ट २०१८ दिन किङ्ग हमाद हाईवे मा बिहान ९ः३० बजे स्माइली कन्ट्रयाक्टीङ कम्पनि अस्करमा कार्यरत ओखलढुङगा निवासी क्रमशः प्रकाश कटुवाल र दिपक कार्कीको को काम गर्दै गरेको अवस्थामा विपरित दिसाबाट आएको गाडीको ठक्करबाट निजहरुको अवस्था क्रमशः प्रकाश कटुवालको मेरुदन्ड भाँचिएको थियो । दिपक कार्की कोमामा रहेका थिए । यी घाईतेहरुलाई नेपाली राजदुतावास बहराईनको समन्वयनमा र नेप्लिज वेलफेयर सोसाइटी बहराईनको पहलमा बहराईनमा क्रियाशिल सामाजिक सस्थाहरु मोरङसुनसरि सेवा समाज, चितवन् सेवा समाज , नेपाली क्लब, किराँत याक्थुङ चुम्लुङ बहराइन, तमु समाज बहराइन, किराँत राई याओख्या बहराइन ,लालीगुराँस सेवा समाज,म्याग्दी उद्दार समिति, नेपाली जनसम्पर्क समिति बहराइन ,नेपाल आदिवासी महासंघ बहराइन, खोटाङ जनकल्याणकारी समिति, भोजपुर हातेमालो सेवा समाज , अन्तर्राष्ट्रिय कलाकार समाज, गुल्मेली सेवा समाज, अर्घाखाँची प्रवासी समाज, बृहत् नेपाली सामाजिक सस्था साथै व्यक्तिहरुबाट आर्थिक संकलन गरि संकलित रकम ४९४ बहराईन दिनार जम्मा भएको र उक्त रकम दुबै घाईतेहरुलाई महामहिम राजदुत र सस्थाका अध्यक्षको बाहुलीबाट हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि संस्थाका अध्यक्षद्वारा बन्द सत्रलाई समापन गरि निर्वाचन अध्यक्ष मण्डल गम गुरुङ र निर्वाचन अधिकृत लालप्रसाद पुनद्वारा निर्वाचन प्रक्रिया अगाडी बढाइ निर्वाचनलार्इ सफलत पुर्वक सफलता गरि निर्वाचित सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको थियो। निर्वाचित सदस्यलाई सस्थाका संरक्षक शालिग्राम पन्तद्वारा सफत ग्रहण गराई निम्नानुसारको कार्यसमिति गठन गरिएको छ ।
बोर्ड मेम्बर
अशिम महत
रामु काफ्ले
शिव शंकर आचार्य
प्रकाश पाठक
कार्यकारी पदाधिकारी
अध्यक्ष -नारायण रपाल बिश्वकर्मा
उपाध्यक्ष -सोमराज कन्दङवा
उपाध्यक्ष– हिमलाल पाण्डे
महासचिव– बिरेन्द्र बुढाथोकी
सचिव -सुर्य थापा
कोषाध्यक्ष -हरि कुमार श्रेष्ठ
सदस्यहरु – मिना कार्की
कृष्ण प्रसाद गैरे
पदम बहादुर मगर
बिष्णु भुजेल
अनमोल राक्से मगर
वि.सं.२०७५ फागुन १५ बुधवार ०९:२५ मा प्रकाशित






























