back
CTIZAN AD

ईज्जत

वि.सं.२०७५ फागुन १५ बुधवार

1K 

shares

यदि ईज्जत किन्ने बजार हुन्थ्यो भने
म, कति ठूलो व्यापारी बन्थे होला
गोष्ठि, सम्मेलन, पारिवारीक भेटघाट,
बिहे अनि ब्रतबन्धहरुमा
म, ईज्जतको टोकरी बोकेर
एउटा कुनामा
व्यापार गरिरहेको हुन्थे होला !

हो, यदि ईज्जतको बजार हुन्थ्यो भने
बरु, घाँटा नै लागेपनि,
वर्षौ लगाएर, संस्कार र शिक्षाले
मलजल गरेर हुर्काएका
छोरीहरुको बिहेमा दाइजोको सट्टामा म,
दुई–चार मुरी ईज्जत सित्तैमा फालिदिन्थे होला !

हो, यदि ईज्जतको बजार हुन्थ्यो भने
बलात्कार गर्ने दानवहरुको
सबै ईज्जत किनेर
म, बलात्कृत हुने पीडितको आँचल
ईज्जतले भरिदिन्थे होला !

साच्चै, इज्जतको बजार हुन्थ्यो भने,
म कति ठूलो व्यापारी हुन्थे होला,
म कहाँ मानविय संवेदनाहरुको
पोकाहरु बोकेर इज्जत साट्नेहरुको
लामो लाइन लाग्थ्यो होला !

हो, यदि ईज्जतको बजार हुन्थ्यो भने
के ईज्जतको परिभाषा परिवर्तन हुन्थ्यो होला ?

कार्की, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिकाका संयोजक हुन् ।

 

वि.सं.२०७५ फागुन १५ बुधवार ०९:२५ मा प्रकाशित

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

कविता : लैलै बरी लैबरी

कविता : लैलै बरी लैबरी

हिरा भट्ट बदमास नम्बर दुई जन्मस्थल:पञ्चेश्वर-६,बिजुल, बैतडी "खत्रा ट्याटु बन्यो"भुँडीतिर...

कविता : मान्छे

कविता : मान्छे

अलख निरञ्जन लोहार टीकापुर, कैलाली हाल : भारत जो जो...