back
CTIZAN AD

तरकारी खेतीबाट महिला उत्साहित

वि.सं.२०७५ फागुन १५ बुधवार

1.2K 

shares

१५ फागुन, दुल्लु । दैलेख पश्चिमको आठबीस नगरपालिका–३ जाक्सी टोलकी पदमा कार्की तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित छन् । उनी मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन, प्याज लगाउन सक्षम भएका छन् ।

बाँसघारी गौरीशङ्खर कृषक समूहकी अध्यक्षसमेत रहनुभएकी कार्कीले ‘साकार’ नामक परियोजनाको सहयोगबाट तरकारीखेती शुरु गर्नुभएको हो । यसअधि तमाखुखेती गर्दै आएकी कार्कीले तरकारी खेती मार्फत घरखर्च चलाएर वार्षिक रु ३० हजार आम्दानी गरिरहनु भएको छ । आफनो बारीमा फलाएको तरकारी सङ्कलन केन्द्रमा लगेर बेच्ने गरेकी कार्कीले तरकारीको बीउसमेत उत्पादन गर्दै आएको बताईन् ।

उनीमात्र होइन, आठबीस नगरपालिका–४ राकमकर्णालीकी धना माझीले तरकारीखेती शुरु गरेको तीन वर्ष बित्यो । तरकारी खेतीमार्फत राम्रा आम्दानी हुने देखेपछि तरकारीखेती शुरु गरेको उनको भनाइ छ । ‘‘तमाखु लगाउनुभन्दा तरकारी लगाउँदा राम्रो आम्दानी हुने भएपछि तरकारीखेती ग¥यौँ’’, धनाले तरकारी बारीतिर देखाउँदै भनीन्, “यो सबै तमाखु उत्पादन हुने झाडी हो, अहिले लटरम्म तरकारी फलेको छ ।”

सोही नगरपालिकाको राकमकर्णालीस्थित वाडगडा टोलकी पदमकला माझीले हाल मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आउनुभएको छ । परम्परागत रुपमा स्थानीय जातका धान, गहुँ, मकै, कोदो तथा तमाखु लगाउने पदमकलाको बारीबाट उत्पादन भएको खेतीले मुस्किलले तीन महिलामात्रै खान पुग्थ्यो ।

‘‘श्रीमानले मजदूरी गरेर वार्षिक रु २५ हजार आम्दानी गर्नुहुन्थ्यो, त्यसैले घरखर्च चलाउँथ्यौ’’, उनी भन्छन्, “त्यतिबेला ऋण माग्दा गाउँमा कसैले पत्याउँदैनथे । तरकारी खेतीसम्बन्धी खासै ज्ञान नभएकी पदमकलालाई डिसिए र सोसेक दैलेखमार्फत सञ्चालित साकार परियोजनाले सहयोग गरेको थियो ।” परियोजनाले मौसमी तथा बेमौसमी तरकारीखेती शुरु गर्न तालीम दिएको उनले बताए ।

‘‘परम्परागत रुपमा लगाउने खेती छोडेर तरकारीखेती शुरु गरेँ,’ उहाँले भन्नुभयो “घरखर्च चलाउन सहज भएको छ, छोरालाई बोडिङ स्कुलमा पढाएको छु ।’ उनी जस्तै यहाँका २७० भन्दा बढी कृषकले व्यावसायिक तरकारी गरिरहेका छन् । तीमध्ये २०७ जना महिला छन् भने ६३ जना पुरुष छन् ।

परियोजनाले यहाँका सात सय घरधुरीलाई समेटेको छ । स्थानीय कृषकले आठबीस नगरपालिका वडा नं ३, ४, ५ र ८ मा गठित ३१ वटा कृषक समूहमार्फत तरकारीखेती गरिरहेका छन् । कृषकलाई बीउ, सिँचाइ कुलो, हाते ट्याक्टर सहयोग गरेको परियोजना संयोजक माधव भट्टराईले बताए ।

कृषकले उत्पादित तरकारी सङ्कलन केन्द्रमा बिक्री गर्ने गरेका छन् । यहाँ दुई वटा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा छ । यहाँ हाटबजार समेत सञ्चालन हुने गरेको छ । ‘‘हप्ताको सातै दिन हाट बजार सञ्चालन हुन्छ’’, कृषक लक्ष्मी थापाले भने, ‘‘शनिबार दिनभर हाटबजार चल्छ, अन्य दिन बिहान ८ देखि १० र साँझ ३ देखि ५ बजेसम्म चल्छ, उत्पादन भएको तरकारी सङ्कलन केन्द्र र हाटबजारमा बेच्ने गरका छौँ, यहाँ बिक्री गरेर बचेको तरकारी दैलेख बजार तथा कालिकोट र सुर्खेतसम्म पठाउँछौ ।’’

बारीभरि तमाखुको झाडी हुने राकमकर्णाली आसपासमा महिलाले व्यावसायिक रुपमा तरकारीखेती सञ्चालन गर्न थालेपछि यहाँका वासिन्दाले बाह्रैमास तरकारी उपभोग गर्न पाएका छन् । यस क्षेत्रमा राम्रो तरकारी उत्पादन भएसँगै कृषि होमस्टे सञ्चालन गर्ने योजना राखिएको संयोजक भट्टराईले बताए ।

आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले नगरमा कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि ‘एक वडा एक कृषि कार्यक्रम’ अन्तर्गत हरेक वडामा १५ लाख यसै आर्थिक वर्षमा विनियोजन गरिएको बताउनुभयो । तरकारी खेतीका लागि २५ प्रतिशत कृषक र ७५ प्रतिशत लगानी नगरपालिकाले गर्नेछ ।

सामाजिक सङ्घ संस्था र नगरको लगानीमा कृषिजन्य जमीनको माटो परीक्षण तथा कृषकको क्षमता विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । ‘‘यहाँ कृषि होमस्टे घरवासको राम्रो सम्भावना छ’’, नगर प्रमुख उपाध्यायले भन्नुभयो, “रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि राकमकर्णालीलाई होमस्टेसहितको कृषि पर्यटनको विकास गर्छौं ।”

वि.सं.२०७५ फागुन १५ बुधवार १४:५६ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...