back
CTIZAN AD

भारत–पाकिस्तान तनाब बारे सरकारले बोल्यो

वि.सं.२०७५ फागुन १५ बुधवार

801 

shares

१५ फागुन, काठमाडौं । भारत र पाकिस्तानबीचको तनाब बारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तीमा वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिइएको छ ।

यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्वादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनाबले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट परिस्थितिलाई सामान्य बनाउन आग्रह गरेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका नाताले नेपाल दक्षिण एशियामा शान्ति र स्थायित्व कायम हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै उक्त मन्त्रालयले जारी गरेको वक्तव्यमा दुवै पक्षलाई अत्यधिक संयमित हुन आग्रह गरेको छ । दक्षिण एशियाको शान्ति र सुरक्षामा जोखिम हुने कुनै किसिमका गतिविधिमा संलग्न नहुन पनि सरकारले भारत र पाकिस्तानसँग अनुरोध गरेको छ ।

फागुन २ गतेको आतङ्वादी आक्रमणको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको थियो ।

वि.सं.२०७५ फागुन १५ बुधवार २०:४९ मा प्रकाशित

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...