back
CTIZAN AD

देशले एक होनहार युवा नेता गुमाएको छ– एनआरएनए

वि.सं.२०७५ फागुन १५ बुधवार

729 

shares

१४ फागनु, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकोमा गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको छ ।

प्रवक्ता भुषण घिमिरेद्वारा जारी विज्ञप्तीमा हेलिकप्टर दुर्घटनामा सवार सबैको देहवसान भएको खबरबाट समस्त गैरआवासीय नेपाली संघ परिवार स्तब्ध भएको जनाइएको छ । विज्ञप्तीमा अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र एक होनहार युवा नेता गुमाएको उल्लेख गरिएको छ ।

दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारी, यति एयरलायन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ७ जनाको मृत्यु भएकोमा संघले गहिरो शोकसमेत व्यक्त गरेको छ ।

नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिने धिकारीसंग संघको गहिरो सम्बन्ध र सहकार्य रहेको जनाउँदै पर्यटन मन्त्रीको पद सम्हालेपछि नेपालको पर्यटन प्रबर्धनको लागि उनले नेपाल पहिचानको लागि गरेका पहलहरु संघका निम्ति चीरस्मरणीय रहने विज्ञप्तीमा उल्लेख छ ।

संघले दिवंगत आत्माको चिरशान्त्किो कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदन व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘यस दुखद घडीमा सबै गैरआवासीय नेपालीहरु र संघका तर्फबाट दिवगंत सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यसैगरी अधिकारी, शेर्पा लगायत दिवगंत हुनु भएको सबैको परिवारजनहरुमा यस शोकको घडीमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसंग प्रार्थना गर्दछौं ।’

वि.सं.२०७५ फागुन १५ बुधवार २१:०६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...