back

हनोई सम्मेलनबाट ‘उत्कृष्ट नतिजा’ आउनेछ : किम

वि.सं.२०७५ फागुन १६ बिहीवार

363 

shares
GLOBAL IME AD
NTC AD

१६ फागुन, हनोइ, भियतनाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका थिए ।

दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।”

“म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु,” किमले भने ।

अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोईस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उनीहरु आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी बनेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत वर्षको जुनमा पहिलो पटक भेट भएको थियो । उक्त भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने विषयमा हस्ताक्षर गरेका थिए । तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन ।

“हामी पुनः वार्ताका लागि हनोई आएका छौँ,” किमले थप्नुभयो । मलाई लाग्छ थप विचारका साथ अघि बढ्ने समय आएको छ । “हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।”

दुई नेताबीच कुराकानी हुनु पहिले उनीहरूले हार्दिकतासाथ हात मिलाएका थिए । उनीहरु आज पुनः भेट्ने र विस्तृत छलफल हुनेछ ।

वि.सं.२०७५ फागुन १६ बिहीवार ०९:३५ मा प्रकाशित

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको...

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा...

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत...

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...