back
CTIZAN AD

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

वि.सं.२०७५ फागुन १६ बिहीवार

639 

shares
 

१६ फागुन, हनोई । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका छन् । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताए ।

कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो ।

हनोई सम्मेलनको दोस्रो दिन जारी वार्ताकै क्रममा नेता किमले पत्रकारसँग कुरा गर्दै भने, “मेरो विचारमा यो निकै स्वागतयोग्य कदम हो ।”

उत्तर कोरियाली नेताको प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले भन्नुभयो, किमले अगाडि सारेको यो प्रस्ताव निकै ठूलो कुरा हो ।

आठ महिनापछि भएको राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक भियतनामको हनोईमा जारी छ । विशेषज्ञले यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेका छन् ।

हनोइमा औपचारिक वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफू अहिल्यै कुनै सम्झौतामा पुग्न हतार नगर्ने स्पष्ट गरे । उनले उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म आफूलाई कुनै सम्झौता गर्न हतार नरहेको बताए ।

“मलाई आजै केही भन्नु छैन, त्यति हतार पनि छैन तर अध्यक्ष किम र उत्तर कोरियासँग कुनै ठोस सहमति हुने अपेक्षा छ । त्यसपछि केही विस्तारमै भनौंला,” राष्ट्रपति ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पले कमजोर स्थितिमा पुगेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा सहमति जनाए उत्तर कोरिया आर्थिकरुपमा सशक्त मुलुक हुने दाबी गरे ।

उत्तर कोरियाली नेता किमले आणविक निःशस्त्रीकरणका लागि तयार नभएको भए ट्रम्पसँग वार्ता गर्नु जरुरी नै थिएन भन्दै ठोस सहमतिका निम्ति विस्तृत छलफल जारी रहेको बताए ।

उत्तर कोरियाले संयुक्तराज्य अमेरिकाको अगुवाइमा लागेका प्रतिबन्धहरु फुकुवा होस् भन्ने चाहेको छ ।

नेता किमले पत्रकारसँग भने, दुई नेताबीच भइरहेको वार्ताप्रति मानिसले सन्देह राखेका छन् तर बैठकमा महत्वपूर्ण, राम्रो नतिजा आउनेमा म ढुक्क छु ।

वि.सं.२०७५ फागुन १६ बिहीवार १७:४९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...