

१६ फागुन, काठमाडौं । बुधबार र विहिबार देशभरीका विभिन्न क्षेत्रमा हिउँ परेपछि जनजीवन कष्टकर भएको छ ।
म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, भक्तपुर, डडेल्धुरा, रुपन्देही लगायतका जिल्लामा परेको भारी हिमपातले यातायात बन्द, हवाइ सेवा बन्द तथा जनजीवन कष्टकर बनेको छ।
हिउँका कारण किसानले लगाएको बालीमा पनि क्षति पुगेको छ ।


डडेल्धुरा, बिहीबार लगातारको हिमपातले गर्दा दुई दिन देखि अवरुद्ध दशरथ चन्द राजमार्गमा डोजरले हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन । तस्बीर ः करन ताम्राकार डडेल्धुरा
लगातार हिमापातपछि देखिएको जुम्लाको सदरमुकाम खलङ्गा । तस्वीरः मानदत्त रावल, जुम्ला

वि.सं.२०७५ फागुन १६ बिहीवार १७:३९ मा प्रकाशित