back
CTIZAN AD

हिमपातले यातायात ठप्प, जनजीवन प्रभावित

वि.सं.२०७५ फागुन १६ बिहीवार

642 

shares

१६ फागुन, सोलुखुम्बु । जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो ।

जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो तापेर समय बिताइरहेका छन् ।

हिमपातका कारण माथिल्लो क्षेत्र पूरै ढोकेको छ भने सल्लेरी लगाएतको क्षेत्रमा हिउँ खेल्नेहरुको चहलपहल पनि बाक्लिएको छ । बिहीबार बिहान करीब १० बजेदेखि मौसममा सुधार आएर घाम लागेसँगै अहिले खोलामा पानीको सतहसमेत बढेको छ । हिउँ पग्लेर भल बग्न थालेको स्थानीय प्रत्यक्षदर्शी प्रेमबहादुर बस्नेतले बताउनुभयो । सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा करीब १० इञ्चभन्दा बढी हिउँ जमेको छ ।

जनजीवन कष्टकर

निरन्तर भएको भारी हिमपातको कारण सडक यातायातदेखि पैदलयात्री समेतलाई समस्या भएको छ । अहिले लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न नसकेको अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले जानकारी दिनुभयो । ट्राफिक प्रहरी चौधरीका अनुसार सल्लेरीबाट जिल्ला बाहिरका लागि छुटेको जीप तथा अन्य सवारी साधन सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित बेलीडाँडा क्षेत्रमा रोकिएका छन् ।

जिल्ला भित्रने अधिकांश सवारी साधन ओखलढुङ्गाको ठाडेभन्दा यता कट्न सकेका छैनन् । सडकको विभिन्न क्षेत्रमा बस तथा जीपहरु फसेर बसेका छन् । फसेको सवारी साधनलाई उद्धार गर्न सक्ने अवस्थासमेत नरहेको इञ्चार्ज चौधरीले बताए ।

हवाई सेवा ठप्प

सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा चिनिएको सोलुखुम्बुमा आज कुनै पनि विमानस्थलमा उडान हुन सकेन । तेञ्जिङहिलारी विमानस्थल र फाप्लु विमानस्थलमा नियमित उडान भइरहेको भए पनि भारी हिमपातका कारण कुनै पनि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जिल्लामा चारवटा विमानस्थल भए पनि हाल दुई वटा मात्रै सञ्चालनमा रहेको छ । सञ्चालित विमानस्थलमा हिउँ जम्नाका साथै मौसम प्रतिकुलताको कारण उडान तथा अवतरण हुन नसकेको हो ।

वि.सं.२०७५ फागुन १६ बिहीवार १७:२४ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...