back

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

वि.सं.२०७५ फागुन १७ शुक्रवार

342 

shares
GLOBAL IME AD
NTC AD

१७ फागुन, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् ।

आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४० औँ स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन् । अघिल्लो महीना पारस ९०औँ स्थानमा थिए ।

यएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् ।

अलराउण्डरतर्फ ६० अङ्क पाएका सोमपाल ५०औँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१औँ स्थानमा थिए । त्यस्तै समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औँ स्थानमा छन् ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १०:२४ मा प्रकाशित

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...