back
CTIZAN AD

सङ्घीयता खतरामा पार्ने काम कांग्रेसलाई सह्य हुँदैन–सभापति देउवा

वि.सं.२०७५ फागुन १८ शनिवार

636 

shares

१८ फागुन,जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताएका छन् । मैथिली विकास कोषको आयोजनामा आजदेखि शुरु भएको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले अब सङ्घीयता देशको आवश्यकता भइसकेका बताए ।

उनले भने, “अब कुनै बहानामा कसैबाट सङ्घीयतालाई खतरामा पार्ने गरी कुनै गतिविधि वा हस्तक्षेप गर्ने प्रयास भए काङ्ग्रेसलाई सह्य हुँदैन ।’ सरकारले अहिले विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने हिसाबले सामाजिक सञ्जालमाथि प्रहार गर्न खोजेको टिप्पणी गर्दै सभापति देउवाले यस्ता कदमले लोकतन्त्रलाई बल नपुग्ने बताए ।

पूर्वप्रधानमन्त्री देउवाले भने, “मेरो प्रधानमन्त्री कालमा मधेश र मधेशी जनताको भावनाको कदर गर्दै संविधान संशोधनको प्रयास गरेपनि सफल हुन सकेन । काङ्ग्रेस अहिले पनि संशोधनका लागि तयार छ ।” उनले नेपाली भाषापछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली भएको बताउँदै मैथिली भाषा आफैँमा समृद्ध रहेको उल्लेख गरेका थिए ।

जनकपुर पौराणिक कालदेखि नै समृद्ध रहेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘‘अहिले जनकपुरदेखि अयोध्यासम्मका लागि धार्मिक पर्यटन विकासका लागि आएको रामायण परिपथको अवधारणा सान्दर्भिक रहेको छ । यसबाट धार्मिक पर्यटनको विकास हुनुका साथै नेपाल–भारत र दुबै देशका जनताको सम्बन्ध प्रगाढ हुनेछ ।’’

कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र सरकारी कामकाजको भाषा मैथिली नै हुनुपर्ने बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका निधिले सामाजिक संरचना र सङ्घीय सिद्धान्तका आधारमा प्रदेशको आधिकारिक भाषा मैथिली, राजधानी जनकपुर र प्रदेशको नामाङ्कन मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले मैथिली भाषाको पुर्नरुत्थानको आवश्यकता रहेको बताउनुभयो । सङ्घीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले मैथिली संस्कृति विश्वमै लोकप्रिय रहेपनि राज्यद्वारा उपेक्षित भएका कारण तिरहुत लिपी ९मिथिलाक्षर० लोप हुने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले मैथिली भाषा नेपालको दोस्रो भाषा भएको हुँदा यस प्रदेशको कामकाजी भाषा मैथिली बनाउनुपर्ने सुझाव दिए ।

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले मैथिली भाषालाई जातिगत भाषाको आरोप लगाई कमजोर र विभाजित गर्ने दुश्प्रयास भइरहेको हुँदा यसप्रति सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।

भाषाविद् प्राडा रामअवतार यादवले प्रदेश २ मा नै मैथिली भाषाको विकासमा ध्यान पुग्न नसकेको बताए । साहित्यकार डा राजेन्द्र विमलले प्राचीन गौरवको स्थापित गर्नका लागि ठोस नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे । पूर्वप्राज्ञ रमेशरञ्जन झाले मैथिली भाषाका सन्दर्भमा संवैधानिक जटिलता भएको हुँदा नेपालमा दोस्रो बढी बोलिने भाषा भएर पनि उल्लेखितरुपमा विकास हुन नसकेको बताए ।

मैथिली विकास कोषको अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको उक्त समारोहमा साहित्य, समाज, कला, अर्थ, राजनीति, संस्कृति विषयमा विचारविमर्श, आधुनिक तथा लोककला प्रदर्शन, ललितकला, मिथिला चित्रकला, सिक्की, बाँस आदिको कलात्मक सामग्री प्रदर्शन गरिएको छ । छ दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल, भारत, आफगानिस्तान, बङ्गलादेशलगायतका नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी गरिनेछ ।

वि.सं.२०७५ फागुन १८ शनिवार १९:१० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...