back
CTIZAN AD

‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’

वि.सं.२०७५ फागुन २२ बुधवार

561 

shares
 २२ फागुन, वासिङ्टन, संयुक्त राज्य अमेरिका ।  अमेरिकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि दाबी नरहने बताएका छन् । तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उनले बताए ।

प्रसिद्ध अमेरिकी टेलिभिजन न्यूज १२ द्वारा सोमबार प्रशारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भने, “मैले निर्वाचनमा सक्रियताका साथ डिमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।”

पूर्वसांसद तथा प्रथम महिला क्लिन्टनले भने, हाम्रो देशमा निर्वाचनमा को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले आफूलाई साँच्चै समस्यामा पार्ने गरेको छ ।

उनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकाङ्क्षीहरूलाई सङ्केत गर्दै उनले भने, “ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिबद्धता पूरा नभएका विषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस् ।”

वि.सं.२०७५ फागुन २२ बुधवार ०९:५२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...