back
CTIZAN AD

‘नयाँ नागरिकता ऐनले सामाजिक भुँइचालो ल्याउछ’

वि.सं.२०७५ फागुन २२ बुधवार

606 

shares

२२ फागुन, काठमाडौं । संसदमा विचाराधिन रहेको नयाँ नागरिकता ऐन ‘महिलालाई वंशजको अधिकार’ जो जस्ताको तस्तै पास भएमा न्यायका दृष्टिले कुरा ठिकै भएपनि त्यसले सामाजिक मान्यता, परम्परा र रितिस्थितिमा भुँइचालो ल्याउने पूर्व सांसद चन्द्रप्रकाश बानियाँ ले बताएका छन् ।
उनका अनुसार एन जस्ताको तस्तै पास भएमा महिलालाई वंशको अधिकार मिल्ने कुरा प्राकृतिक न्यायका दृष्टिले जन्म दिने आमामा बच्चालाई आफ्नो (वंश) दिने अधिकार रहनु राम्रो रहेपनि अब उप्रान्त थर, गोत्र विना पनि बच्चाको जात संस्कार हुने अवस्था आउने उनले बताएका छन् ।
उनले भनेका छन् ‘ऐन जस्ताकोतस्तै पारित भयो भने महिलालाई वंशको अधिकार मिल्नेछ । प्राकृतिक न्यायका दृष्टिले जन्म दिने आमामा बच्चालाई आफ्नो नाम (वंशको) दिने अधिकार रहनु राम्रो हो । अब उप्रान्त बाबुको थरगोत्र विना पनि बच्चाको जात संस्कार हुनेछ । कसै कसैले आमा बाबू दुबैको थर लेख्ने परम्परा बसालिसकेकै थिए । न्यायका दृष्टिले कुरो ठिकै भए पनि सामाजिक मान्यता, परम्परा र रितिस्थितिमा भने यसले भुँईचालो ल्याउने छ ।’

सामाजिक संजाल फेसबुकमा रहेको उनको विचार जस्ताको तस्तै
‘नयाँ नागरिकता ऐन संसदमा विचाराधीन छ । नयाँ ऐनमा एउटा राम्रो कुरा परेको छ । अर्थात ऐन जस्ताकोतस्तै पारित भयो भने महिलालाई वंशको अधिकार मिल्नेछ । प्राकृतिक न्यायका दृष्टिले जन्म दिने आमामा बच्चालाई आफ्नो नाम (वंशको) दिने अधिकार रहनु राम्रो हो । अब उप्रान्त बाबुको थरगोत्र विना पनि बच्चाको जात संस्कार हुनेछ । कसै–कसैले आमा बाबू दुबैको थर लेख्ने परम्परा बसालिसकेकै थिए । न्यायका दृष्टिले कुरो ठिकै भए पनि सामाजिक मान्यता, परम्परा र रितिस्थितिमा भने यसले भुँईचालो ल्याउने छ । खासगरेर हाम्रो ऐन कानूनमा भएको ‘हाडनाता’ भन्ने व्यवस्थालाई मुस्लिम समुदायको जस्तै ‘दूधको नाता’ ले विस्थापित गर्नुपर्ने दिन आउने छ । मानौ कुनै बाबुले कुनै कारणबस कुनै आमाबाट जन्मेको बच्चालाई आफ्नो नाम दिन चाहेन भने बच्चाले आमाको पैतृक थर उपयोग गर्नेछ । संयोगबस उही बाबुको अर्की श्रीमतितिरबाट जन्मेको बच्चाले तन्नेरी भएपछी उनै परित्यक्त आमातिरको सन्तानसंग प्रेम विवाह गरिदियो भने कानूनीरुपमा वैध मानिने छ । हाम्रो कानून त्यो विवाहलाई मान्यता दिन वाध्य हुनेछ । किनकी ती दुइ प्रेमीको नागरिकताको प्रमाणपत्रमा थर गोत्र फरक उल्लेख भएको हुनेछ । अर्थात फरक आमाको कोखबाट जन्मेका एउटै बाबुका सन्तानहरुको आपसमा विवाह कानूनत ः नाजायज मानिने छैन । गोत्रको साइनो त व्यवहारमा मिचिन थालेको धेरै अगाडिदेखी नै हो अब थरवंशको साइनो पनि मिचिने भो ! अब सबै बच्चाहरुलाई बाबुको सट्टा आमाको थर, वंश र गोत्र दिने नयाँ कानूनी व्यवस्था गर्नु त्यस्तो समस्या समाधानको एउटा विकल्प रहने छ । होइन भने हाडनाताको सम्बन्ध स्वाभाविक बन्ने छ ।’

वि.सं.२०७५ फागुन २२ बुधवार १०:०६ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...