back
CTIZAN AD

उत्तर कोरियामा खाद्य उत्पादन दशककै न्यून, कुपोषण र रोगको खतरा

वि.सं.२०७५ फागुन २२ बुधवार

729 

shares

२२ फागुन, सियोल ।  संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ । प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो ।

अन्तरराष्ट्रिय नाकाबन्दीका कारण आर्थिकरुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि चरम खाद्य सङ्कट हुने गरेको छ ।

राष्ट्रसङ्घका अनुसार गत वर्ष कोरियामा ४९ लाख ५० हजार टन खाद्यान्न मात्र उत्पादन भएको थियो । सन् २०१९ का लागि आवश्यक खाद्यान्नमध्ये अझै पाँच लाख टन अपुग हुनेछ ।

एक दशकमै यो सबैभन्दा न्यून उत्पादन हो, राष्ट्रसङ्घका आवासीय संयोजक तापन मिश्रले बताऐ । “यसबाट खाद्यान्न आवश्यकतामा ठूलो अन्तर देखा परेको छ ।”

यसको परिणामस्वरुप उत्तर कोरियाका झण्डै एक करोड नागरिकलाई मानवीय सहायता आवश्यक परेको छ । गत वर्षभन्दा यस वर्ष छ लाख बढी मानिसलाई मानवीय सहायता जरुरी हुनेछ । तत्काल सहयोग प्राप्त नभएमा कुपोषण र रोगको खतरा देखा पर्ने राष्ट्रसङ्घको भनाइ छ ।
यो कूल जनसंख्याको झण्डै ४३ प्रतिशत हो ।

राष्ट्रसङ्घीय सहयोग पनि अपर्याप्त देखिएको छ । मिश्रले गत वर्ष आग्रह गरिएको सहयोगमध्ये २४ प्रतिशत मात्र प्राप्त भएको जानकारी दिए । उनले मानवीय सहायताका कार्यहरुमा राजनीतिक पक्षलाई बेवास्ता गर्न दाताहरुलाई आग्रह गरे ।

कमजोर आर्थिकस्थिति रहेको उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय समुदायले सैनिक एवं आणविक हतियारका कार्यक्रममा मात्र केन्द्रित नहुन आग्रह गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत हनोई शिखर वार्ता हुनुअघि पटकपटक आणविक कार्यक्रम रोके उत्तर कोरिया आर्थिक केन्द्र बन्न सक्ने बताउँदै आएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ–अन र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको हनोई वार्ता भङ्ग भएसँगै उत्तर कोरियाका बारेमा अन्यौल देखिएको छ । केही अमेरिकी अनुसन्धान संस्थाले उत्तर कोरियाले पुनःआणविक र क्षेप्यास्त्र कार्यक्रम शुरु गर्न लागेको दाबी गरेका छन् ।

अन्तरिक्षबाट खिचिएका तस्वीरको विश्लेषण गर्दै उनीहरुले क्षेप्यास्त्र परीक्षण केन्द्रमा मानिसको आउजाउ बढ्न थालेको बताएका छन् ।

उत्तर कोरियाको अधिकांश भू–भाग हिमाली र विकट पहाडी छ । यहाँ करिब २० प्रतिशत भूभागमा मात्र खेतीबाली हुन्छ । उत्तर कोरियामा गत जुलाई र अगष्ट महिनामा तीव्र तातो हावा चलेको थियो । त्यसलगत्तै ठूलो वर्षा र बाढी आएको थियो । राष्ट्रसङ्घका अनुसार, मौसमी प्रतिकूलताका कारण धान र गहुँको उत्पादनमा १२ देखि १४ प्रतिशतले कमी आएको छ ।

साथै, उत्तर कोरियाको सोयाबिन उत्पादन ३९ प्रतिशत र आलुको उत्पादन ३४ प्रतिशतले घटेको छ । गत महिना प्योङयाङले यस वर्ष १४ लाख टन खाद्यान्न कमी हुने राष्ट्रसङ्घलाई जानकारी गराएको थियो ।

वि.सं.२०७५ फागुन २२ बुधवार १८:०१ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...