
२३ फागुन, जनकपुरधाम । साहुको ऋण तिर्न नसकेको पुस्तौदेखि साहुले बन्धक बनाएर राखेको धनुषाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडाका मुसहरका नागरिकता प्रशासनले फर्काउन निर्देशन दिएको छ । नागरिकताबाट बञ्चित भएकाहरुलाई पनि नागरिकता दिलाउन सुरु गरिएको छ । धनुषा जिल्ला अधिकारी प्रदीपराज कणेल सिनुरजोडा पुगेर गाउँका साहु रामआशिष यादवले मुसहरलाई ऋण उपलब्ध गराउँदा कपाली तमसुक गराउनका साथै पुस्तौदेखि बन्धकीमा राख्दै आएका नागरिकता फिर्ता गराएका थिए ।
रामप्रभेष, शम्भु मुनेश्वर, जिबच्छ, सन्तोषी सादा र तारा देवी लगायतको नागरिकता साहुबाट फिर्ता गराइएको लक्ष्मिनियाँ गाउँपालिका २ का वडाअध्यक्ष गणेश यादवले बताए । विहिबारको अन्नपूर्णपोष्टमा जनकपुरधामबाट मनिका झाले लेखेकी छन् ।
वि.सं.२०७५ फागुन २३ बिहीवार ०८:०१ मा प्रकाशित






























