
२३ फागुन, काठमाडौ । वीर अस्पताल र ट्रमा सेन्टरमा करौडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ ।
कान्तिमा सिटिस्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन । अस्पतालको बजेटले कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल छ, नयाँ उपकरण खरिद गर्ने हाम्रो आर्थिक हैसियत छैन, अस्पतालका निर्देशक डा. गणेश राईले भने । बिहीबारको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी र सतिश पोखरेलले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २३ बिहीवार ०८:०७ मा प्रकाशित






























