back
CTIZAN AD

अब रामपुरमा पनि इञ्जिनीयरिङ पढाइ शुरु

वि.सं.२०७५ फागुन २३ बिहीवार

567 

shares

२३ फागुन, चितवन ।  त्रिभुवन विश्वविद्यालय त्रिविले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो ।

सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले त्यहाँ पढाउँदै आएको कृषि क्याम्पस स्थानान्तरण गरेको थियो । दुई विश्वविद्यालय बीचको विवाद समाधानका क्रममा रामपुरमा त्रिविले इञ्जिनीयरिङ सङ्काय सञ्चालनका लागि ४० बिघा जग्गा पाउने भएको छ । सोही जग्गामा भरतपुर महानगरसँग सहकार्य गरेर इञ्जिनीयरिङ क्याम्पस खोल्न लागिएको हो ।

त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले आउँदो शैक्षिकसत्रबाट रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालनमा ल्याइने बताए । सो क्षेत्रको स्थलगत निरीक्षण एवं अध्ययन भइरहेको भन्दै उनले कुनै एउटा विषयबाट भए पनि आउँदो शैक्षिकसत्रबाट पढाइ शुरु गर्ने बताए । रामपुरमा इञ्जिनीयरिङ पढाइका लागि भरतपुर महानगर सकारात्मक देखिएपछि त्रिविलाई सजिलो भएको हो । विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायका डिन रामचन्द्र सापकोटाले रामपुरमा रहेको पुरानो कभर्डहलको भवनलाई मर्मतसम्भार गरी क्याम्पसको शुभारम्भ गर्ने तयारी गरिएको बताए ।

विश्वविद्यालयले नीतिगत निर्णय गरेर कामलाई अगाडि बढाउने तयारी गरिरहेको उनले बताए । रामपुरमा रहेको अरु जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई छोड्दै गर्दा त्रिविको इञ्जिनीयरिङ सङ्कायका लागि रु १५ करोड सरकारले दिने सहमतिसमेत भएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले विश्वविद्यालय र महानगरको बीचमा सम्झौता गरी संयुक्तरूपमा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । तत्काल भौतिक संरचनाका लागि आवश्यक पर्ने बजेटका लागि पनि महानगर तयार रहेको भन्दै उहाँले स्थानीय तहले विश्वविद्यालयसँग सहकार्य गरेर नमूना क्याम्पस सञ्चालन गर्न लागिएको बताए ।

त्रिविको इञ्जिनीयरिङ सङ्कायमा चार आङ्गिक र १० सम्बन्धन दिएर क्याम्पस सञ्चालनमा छन् । सम्बन्धन पाएका सबै क्याम्पस राजधानीमा छन् भने आङ्गिक धरान र पोखरामा पनि छ । रामपुरमा आङ्गिक क्याम्पस सञ्चालन भएसँगै विद्यार्थी लाभान्वित हुने देखिन्छ । रामपुरमा एउटा विषयबाट शुरु गरेर सात विषयसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । रामपुरमै कृषि क्याम्पससमेत भएकाले शुरुमा कृषि इञ्जिनीयरिङबाट पढाइ शुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

वि.सं.२०७५ फागुन २३ बिहीवार ०९:२१ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...