back
CTIZAN AD

कपाल फालेर बाबुको काजकिरिया गर्दै छोरी

वि.सं.२०७५ फागुन २४ शुक्रवार

723 

shares

२४ फागुन, बेझाड । परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भएपनि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन ।

समाजमा मर्दापर्दा होस या कुनै पनि शुभकार्य गर्दा होस, पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ । तर पाल्पाको रामपुर नगरपालिका–४ बाङ्गेपसल सिन्दुरेटार बस्ने २७ वर्षीया अविवाहित नौकला विकले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै छन् ।

छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ । रामपुर क्षेत्रमा छोरीले बाबुआमाको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेको नौकलाले बताइन् ।

नौकलाले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ति दिएर हिन्दूधर्म परम्परा अनुसार काजकिरिया गरिरहेकी छन् । ‘‘अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ” नौकला भन्छीन्, “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।”

बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर भाइसँगै बसेर कपाल फालेर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनी बताउछीन् । आइतबहादुरकी श्रीमती र १७ वर्षीय कान्छी छोरी विनिता विक पनि सामाजिक परम्पराअनुसार सेतो बस्त्रमा काजकिरियामा बसेकी छन्

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०९:३१ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...