back
CTIZAN AD

महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछ : सभामुख अधिकारी

वि.सं.२०७५ फागुन २४ शुक्रवार

663 

shares

२४ फागुन, कास्की ।  गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीय लगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन् ।

प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च का अवसरमा आज प्रदेशसभा सचिवालय भवनमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “संविधानले महिलालाई सम्पूर्ण अधिकार प्रदान गरेको छ । यसमा कुनै कमी छैन, अबको खाँचो कार्यान्वयन गर्नु मात्र हो ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले महिला अधिकार सुनिश्चितता र त्यसको कार्यान्वयनमा तीनै तहका सरकारबाट एकीकृत पहलको खाँचो औँल्याए । उपसभामुख सिर्जना शर्माले महिलालाई उपाध्यक्ष, उपसभामुख जस्ता पदमा मात्र सीमित गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, सार्वजनिक लेखा समितिका सभापतिकुमार खड्का, प्रदेशसभा सदस्य आशा कोइराला, प्रभा कोइराला, सरिता गुरुङलगायतले संविधानले निर्दिष्ट गरेका अधिकारको कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०९:४१ मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...