back
CTIZAN AD

अमेरिकाबाट राजेन्द्रको कडा प्रश्न-‘रगतको होली खेल्न पैसा मागिएको हो ?’

वि.सं.२०७५ फागुन २७ सोमवार

705 

shares

२७ फागुन, काठमाडौं । लामो समयदेखि अमेरिकामा रहेर विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका र पर्वतको हुवास बहुमुखी क्याम्पसको भवन निर्माणमा एक्लैले २० लाख बढी सहयोग गरेका राजेन्द्र श्रेष्ठले तत्कालिन महायज्ञ संचालक र अहिलेका जिम्मेवार व्यक्तित्वहरुलाई पारदर्शी बन्न र यर्थाथ कुरो भन्न आग्रह गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,
‘सन्दर्भ : धन धान्यान्चल महायज्ञ र हुवास बहुमुखी क्याम्पस, पर्बत
“रगत पसिनाको फल के साँच्चिकै खेर गएकै हो त ?”
आज भन्दा लगभग ५ बर्ष अगाडि हुवास बहुमुखी क्याम्पसको भवन निर्माणको लागि धन धान्यान्चल महायज्ञ भएको थिया ेर जसबाट पचीस लाख जती नगद, एक करोड पचहत्तर लाख जती बोलकबोल र केही जग्गादान समेत भएको थियोर उक्त महायज्ञ ब्यबस्थापन समितिका पदाधिकारीहरु धन्यबादका पात्रहरु थिए र सबै तिरबाट वाह वाह पाइरहेका थिए कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा ।
यसै क्रममा तत्कालिन् महायज्ञ समितिका पदाधिकारीहरु र क्याम्पस संचालक समितिका पदाधिकारीहरु (तिलक प्रसाद श्रेष्ठ, गिरिराज गौतम, मित्रलाल बसेल, कृष्ण श्रेष्ठ, ओम प्रकाश समेत)बाट क्याम्पस भवन निर्माणको लागि सहयोग गर्नु पर्याे भनेर थुप्रै फोन कल आयो र मैले भने, “पैसा सहयोग गरेर पनि के गर्ने ठीक ठाउँमा सहि किसिमले सदुपयोग हुन सक्तैन पैसा दिएर के गर्नु ?” उहाँहरुको जवाफ थियो–यसको लागि केही चिन्ता लिनु पर्दैन, जिम्मा हामीले लिन्छौं । गाउँका लब्ध प्रतिस्ठित ब्यक्तित्वहरुको भनाइलाई सत् प्रतिशत विश्वाश मानेर हामीले (मेरो श्रीमती र मैले) राय सल्लाह गरी बिस लाख साठी हजार रुपैया सहयोग गर्ने बिचार गर्यौ । र सोही अनुसारको रकम पनि खुशी साथ हस्तान्तरण गर्यौ ।
आज पाँच बर्ष बितिसक्यो, महायज्ञबाट उठेको नगद रकम कहाँ गयो, के मा खर्च भयो ? कसैलाई केही मतलब छैन, बोल कबोल भएको रकम उठाउने सम्बन्धमा कसैलाई केही चासो छैन । क्याम्पसको लागि भएको जग्गादान पनि के कस्तो अवस्थामा छ, कसैलाई थाहा छैन क्याम्पसको भवन अहिले बेवारीसी अवस्थामा छ ।
कठै मेरो गाउँ, समितिका तत्कालिन पदाधिकारीहरु, र आदरणीय नेतागणहरु…
लाखौं खर्च गरेर तामाझामका साथ सम्पन्न उक्त महायज्ञ के सिमित ब्याक्तिको स्वार्थ पूर्तिको लागि भएको हो ? के राजनीतिक क्रिडाखेल बनाउनको लागि क्याम्पस र भवन निर्माणको ढोङ रचिएको हो ? कसैको रगत पसिना बगाएर जम्मा गरेको पैसाबाट भएको सहयोग (रकम) मा होली खेल्नको लागि बचनबद्दता जाहेर गरिएको हो ? यस्तै नै हो भने बिदेशमा रगत पसिना बगाएर काम गर्ने हामी सबै कामदार हरुले के आधारमा गाउको बिकासको लागि सहयोगको हात फैलाउने ? बडो दु :ख लाग्दो कुरा छ ।
मेरा आदर्णीय समाजसेवी ब्याक्तित्वहरु,
मलाई विश्वाश छ, महायज्ञ ब्यबस्थापन समितिका तत्कालिन पदाधिकारीहरु, क्याम्पस संचालक समितिका तत्कालिन पदाधिकारीहरु र हालका पदाधिकारीहरु लगायत राजनीतिक नेताज्यू हरुले यस बिषयमा बिशेष ध्यान र्पुयाउनु हुनेछ भन्ने आशा राखेको छु ।
नोट : उल्लेखित ब्यक्तित्वहरुसँग ब्यक्तिगत रुपमा मेरो केही गुनासो छैन, अन्न्यथा नलीइ दिनुहोला ।’

वि.सं.२०७५ फागुन २७ सोमवार ०९:२० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...