back
CTIZAN AD

रुपन्देहीमा दुई विकास बैंकको एकता प्रक्रिया शुरु

वि.सं.२०७५ फागुन २७ सोमवार

756 

shares

२७ फागुन, बुटवल ।  रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् ।

बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ ।

साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था प्राप्ति एक्विजिशन सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो ।

एकतापछि पनि एकीकृत बैंकको नाम भने ‘साइन रेसुङ्गा डेवलपमेन्ट बैंक लिमिटेड’ राख्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । साथै एकतापछि साइन रेसुङ्गा डेवलपमेन्ट बैंक राष्ट्रियस्तरको बैंक हुनेछ भने बैंकको केन्द्रीय कार्यालय बुटवलमा स्थापना गरिने छ ।

साइन रेसुङ्गाको रु एक अर्ब ६२ करोड २६ लाख चुक्ता पूँजी रहेको र रु ५५ करोड १२ लाख चुक्ता पूँजी भएको पूर्णिमाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । साइन रेसुङ्गाको निक्षेप रु १६ अर्ब १० करोड २३ लाख र पूर्णिमाको रु तीन अर्ब ३५ करोड ६१ लाख रहेको छ भने कर्जातर्फ साइनको रु १४ अर्ब ५२ करोड ३६ लाख र पूर्णिमाको रु तीन अर्ब चार करोड ६७ लाख रहेको कार्यक्रममा जानकारी गराइएको थियो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ४० शाखा छन भने पूर्णिमाका १२ वटा शाखा कार्यालय रहेका छन् ।

यसअघि साइन रेसुङ्गा बंैकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । त्यसैगरी रुपन्देहीमा स्थापित साइन र गुल्मीमा स्थापित रेसुङ्गा एकापसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो ।

यस क्षेत्रका १० जिल्लामा कार्यक्षत्र रहेको साइन रेसुङ्गा र तीन जिल्लामा मात्र कार्यक्षेत्र रहेको पूर्णिमाबीच एकता भएसँगै थप कार्यक्षेत्र विस्तारका लागि सघाउ पुग्ने विश्वास बैंक सञ्चालकले लिएका छन् ।

वि.सं.२०७५ फागुन २७ सोमवार ०९:५१ मा प्रकाशित

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...