back
CTIZAN AD

विषाक्त मदिरा सेवन गर्दा कानपुरमा छ जनाको मृत्यु

वि.सं.२०७५ फागुन २९ बुधवार

627 

shares

२९ फागुन, कानपुर ।  भारतको कानपुरमा विषाक्त मदिरा सेवन गरेकाले बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

उनीहरूका अनुसार घटनास्थलमा २० जनाको प्रहरी टोली खटाइएको छ । सो टोलीले ७५ वटा भाडामा रहेको अवैध मदिरा बरामद गरेको छ ।

प्रहरीले घटनास्थलमा पुगेर शङ्कास्पद अन्य व्यक्तिको खोजी गर्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको वरिष्ठ प्रहरी निरीक्षक अनन्त देव सिंहले जानकारी दिए ।

उनले भने, “यो घटनामा प्रयोग भएको मदिरा उत्पादन गर्नेले जिल्ला भरी नै अवैध रूपमा मदिरा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, त्यसलाई रोक्न अब हामीले चाँडै नै जनचेतानमूलक अभियान चलाउने छौँ ।”

उनले दर्ता नभएका, घरेलु, अवैध मदिरा प्रयोग नगर्न पनि सबैलाई आह्वान गरेको समाचारमा जनाइएको छ ।

भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने घटना बेलाबेलामा हुने गरेको छ । एक महिना अगाडि मात्रै उत्तर प्रदेशको कुशीनगर र उत्तराखण्डको हरिद्वारमा विषाक्ता मदिरा सेवन गरेका १५० भन्दा बढीको मृत्यु भएको थियो ।

वि.सं.२०७५ फागुन २९ बुधवार ०८:३४ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...