
एनआरएनए युकेले लन्डनमा मृत्यु भएका एक युवाका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
लन्डनको ह्यारोमा बस्दै आएका पर्वत हटियाका जय बहादु राना मगर र लोक कुमारी राना मगरका २९ वर्षीय छोरा लेख बहादुर राना मगरको २९ वर्षको उमेरमा गत फेब्रअरीमा मृत्यु भएको थियो ।
३ महिनाअघि मात्र बुबाको आश्रित भिसामा युके आएका उनको सुतेकै अवस्थामा मृत्यु भएको थियो । मगरको शब नेपाल लैजानका लागि एनआरएनए युकेले १ हजार १७९ पाउण्ड सहयोग गरेको हो ।
एनआरएनए युकेको च्यारिटी विभागका संयोजक समेत रहेका प्रेम गाहा मगरको संयोजनमा संकलन गरिएको उक्त रकम महासचिव आरके त्रिपाठी, सल्लाहकार देव गुरुङ पत्रकार शिव भण्डारी लगायतको टिमले १३ मार्चका दिन रानाको घरमै पुगेर हस्तान्तरण गरेको हो ।
त्यस्तै साउथ ईस्ट रिजनल तमुधिं लन्डनसहित बेलायतमा रहेका अन्य नेपाली संघ संस्थाले आर्थिक सहयोग गरेका थिए ।
वि.सं.२०७५ फागुन ३० बिहीवार १९:१९ मा प्रकाशित






























