
१ चैत, काठमाडौ । बैदेशिक ब्यापारको पछिल्लो सात आठ महिनामा आठ खर्ब ३३ अर्ब रुपैयाँ बाहिरीएको छ ।
स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात गर्नुपर्दा यति ठूलो नेपाली मुद्रा बाहिरिएको हो ।
व्यापार निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना ( साउनदेखि माघ) को तथ्यांक अनुसार महँगा र विलासी बस्तुको नाममा आठ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ भारतसहित तेस्रो मुलुक भित्रिएको हो ।
अघिल्लो वर्षको सोहि अबधिको तुलनामा यसवर्ष २३.४ प्रतिशतले आयातमा वृद्धि भई विदेशी वस्तु उपभोगका नाममा यो रकम बाहिरिएको हो । अघिल्लो वर्ष यस अबधिमा ६ खर्ब ७५ अर्ब विदेशी वस्तु नेपाल आयात भएको थियो । माघमा मात्रै नेपालमा एक खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । शुक्रबारको अन्न्पूर्णपोष्टमा राजेश बर्माले लेखेका छन् ।
वि.सं.२०७५ चैत १ शुक्रवार ०८:०६ मा प्रकाशित






























