back
CTIZAN AD

मलाई मार्ने षड्यन्त्र गरियो – प्रचण्ड

वि.सं.२०७५ चैत १ शुक्रवार

510 

shares

१ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विप्लव पार्टीलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ अनी परिस्थिति हेर्नु पर्दैन भनेर प्रश्न गरेका छन् । ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनको भनाइ थियो । प्रचण्डले भने कसैले चाहेर पनि भैहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइन, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए । अब त्यहि समयमै प्रचण्ड बनिदैन उनले भने । प्रचण्डले भने साथीहरु नयाँ बाटो खोज्नुस, साच्चै केहि गर्नुछ भने प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रम हो । त्यो भ्रमले कहि पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । उनले भने मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिई राखेको छु’ हिज संगै सहकार्य गरेका मेरै सचिवालय मा समेत बसेका ले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत गरेको मलाई सूचना आयको छ उनले भने ।

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको छ । आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहित तथा वेपत्ताको बलिदानीपूर्ण संघर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन् । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाएका छन् ।

दश वर्षे जनयुद्धले जनवादी क्रान्ति पुरा गर्याेः योगेश भट्टराई

वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गरेका छन् ।

सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे । उनलले यसमा थप्दै उनले भने, कम्युनिष्ट मात्रै नभएर मधेसी समुदाय समेत गोलबद्ध हुन थालेका छन् ।

जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशा तिर जान सहयोग गर्ने भन्दै केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको भन्दै विप्लवलाई इंगित गर्दै यस्ता क्रान्तिको आवश्यकता नरहेको ठोकुवा गरेका छन् ।

जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग खडा रहेको भन्दै उनले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

वि.सं.२०७५ चैत १ शुक्रवार ११:०७ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...