back
CTIZAN AD

इजरायलद्वारा हमास लक्षित एक सयबढी आक्रमण

वि.सं.२०७५ चैत १ शुक्रवार

654 

shares

१ चैत, जेरुसलेम । इजरायलले गाजा क्षेत्रमा गएराति हमास लक्षित एकसय भन्दा बढी हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी क्षेत्रबाट आर्थिक राजधानी तेल अभिभ समेतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई आक्रमण गरिएको इजरायलले बताएको छ ।

“लडाकू विमान, हेलिकप्टर र अरु विमानको सहयोगमा गएराति १०० भन्दा बढी हमासका लडाकूलाई लक्षित गरी आक्रमण गरिएको छ,” इजरायली सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सेनाले पश्चिमी किनारामा लडाकू परिचालनको संयोजन गर्न हमासले प्रयोग गरिरहेका शंकास्पद कार्यालय भवनमा पनि आक्रमण गरिएको जनाएको छ ।

गाजास्थित एक सुरक्षा स्रोतले हमास र यसको सहयोगी संगठन इस्लामिक जिहादका अरु महत्वपूर्ण स्थानहरुमा पनि आक्रमण गरिएको बताएको छ । स्रोतका अनुसार इजरायली आक्रमण ४० भन्दा बढी स्थानमा गरिएको छ ।

गाजा क्षेत्रको रफाहमा एउटा घर ध्वस्त भएको छ । स्थानीयबासीले इजरायली आक्रमणलगत्तै प्यालेस्टिनी क्षेत्रबाट पनि क्षेप्यास्त्रहरु प्रहार गरिएको जनाएका छन् ।

शुक्रबार बिहानै दक्षिण इजरायलमा आपतकालीन साइरनहरु बजाइएका थिए । इजरायली सेनाले गाजा क्षेत्रबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिएको जनाएको छ । गाजाबाट प्रहार गरिएका अरु क्षेप्यास्त्रबाट कोही पनि इजरायली नागरिक घाइते नभएको इजरायली गृह मन्त्रालयले उल्लेख गरेको छ ।

वि.सं.२०७५ चैत १ शुक्रवार १४:५९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...