back
CTIZAN AD

नेपाल कार्डियो डाइबेटिज सेन्टरद्धारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

वि.सं.२०७५ चैत २ शनिवार

879 

shares

२ चैत, काठमाडौं । नेपाल कार्डियो डाइबेटिज सेन्टरको प्राविधिक सहयोगमा दयाश्वर महादेव मन्दिर निर्माण तथा सुधार समिति, सामुदायिक केन्द्र निल सरस्वती लाजिम्पाटको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ ।

नयाँवर्ष २०७६ को पूर्वसन्ध्यामा यहि चैत ९ गते शनिबार लाजिम्पाट माछापुछ«े बैंक पछाडि (दयाश्वर महादेव प्रांगणमा) उक्त शिविरको आयोजना गरिने डाइविटिज सेन्टरका निर्देशक शेर बहादुर रानाले संसारन्यूजलाई बताएका छन् ।

उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, वरिष्ठ मधुमेह, थाइराईड तथा हार्मोन विशेषज्ञ डा. बजरंग कुमार रौनियार, वरिष्ठ स्त्रीरोग विशेषज्ञ पुजा पौड्यालले स्वास्थ्य परीक्षण गर्ने बताइएको छ ।

शिविरमा डा. परामर्श सेवा, सुगर फास्टिङ, युरिन रुटिन तथा ई.सी.जी निशुल्करुपमा परीक्षण गरिनेछ । साथै अन्य परीक्षणमा पनि ५० प्रतिशत छुट गरिने सेन्टरले जनाएको छ ।

शिविर बिहान ८ बजेदेखि अपरान्ह १ बजेसम्म हुने छ भने नाम दर्ता गर्ने समय शनिबार बिहान १० बजेसम्म नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टरमा गरिनेछ ।
सम्पर्कका लागि ०१–४४२८७४०, ४४३२७६०

वि.सं.२०७५ चैत २ शनिवार १३:४९ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...