back
CTIZAN AD

विद्यालयमै पुगेर बालिकालाई आत्मरक्षाको तालिम

वि.सं.२०७५ चैत २ शनिवार

642 

shares

२ चैत, सुर्खेत । बालिकामाथि हुने हिंसाबाट बच्न यहाँका विद्यालयमा आत्मरक्षा (सेल्फ डिफ्यान्स) सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ । बालिकालाई विद्यालयमै पुगेर सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहित हिंसाबाट जोगिने उपायका बारेमा प्रशिक्षण प्रदान गर्न थालिएको हो ।

यस्तो प्रशिक्षण लिएका बालिकाले आफ्ना साथीलाई हिंसाबाट कसरी बच्ने भन्ने विषयमा समेत प्रशिक्षण दिने गरेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैखोलाका छात्रा निश्चल कोइरालाले एक्लो अवस्था वा बाटोमा हिँड्दा आफूहरुमाथि हुने हिंसा रोक्न तालीमले सहयोग पुग्ने बताइन् ।

उनले भनिन्, “महिला हिंसाबारे चेतना जगाउने र कोही आइलागेको खण्डमा प्रतिकार गर्न सक्नेको क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षणबाट हिंसामा संलग्नबाट आफू कसरी उम्किन सकिन्छ ? र आफ्नो अङ्गको सुरक्षाका लागि के गर्न सकिन्छ ? भन्नेबारे ज्ञान दिने गरिएको छ ।”

ग्लोबल एक्सनका सामाजिक परिचालक मीना विश्वकर्माले आत्मरक्षामा बालिकामाथि बाहिरबाट हुने आक्रमणका विषयमा प्रशिक्षित गराइएको बताइन् । शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परेमा न्यायका लागि लड्ने विषयमा समेत परामर्श दिइएको उनले जानकारी दिइन् । सुर्खेतका १२ विद्यालयका ३६० बालिकाले आत्मरक्षासम्बन्धी तालीम प्राप्त गरिसकेका छन् ।

वि.सं.२०७५ चैत २ शनिवार १४:२५ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...