back
CTIZAN AD

रोहितकुमारको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

वि.सं.२०७५ चैत २ शनिवार

609 

shares

२ चैत, काठमाडौँ । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ ।

यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिए । अठार सदस्यीय नेपाली टोलीमा कप्तान रोहितसँगै आशिफ सेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।

नेपाली टोली वल्डकप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले जानकारी दिनुभयो । ५२ खेलाडीबाट १८ खेलाडी छानिएका हुन् । यू–१९ ल््डकपको एसियन क्वालिफायरका खेल आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ ।
मलेसिया जानुअघि नेपालले भारतमा समेत अभ्यास खेलहरु खेल्नेछ । अभ्यास खेलका लागि आजै नेपाली टोली भारत गएको छ ।
नेपाली टोलीमा फिजियो विनोद न्यौपाने र एनालिस्ट सुरज रत्न शाक्य पनि भारत गएका छ्न । भारतमा नेपाली टोलीलाई ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरका रुपमा सुवास पात्रोले सहयोग गर्ने प्रशिक्षक दासले जानकारी दिए । नेपालले भारतमा रहँदा आन्द्र प्रदेश क्रिकेट टोलीसँग चारवटा अध्यास खेल खेल्नेछ ।

वि.सं.२०७५ चैत २ शनिवार १६:०५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...