
३ चैत, काठमाडौं । विश्वमा बढ्दै गइरहेको जलवायु परिवर्तनको समस्याका कारण नेपालले पनि बर्सेनी झण्डै ९० अर्बको आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । वन तथा वातावरण मन्त्रालयले तयार गरेको जलवायु परिवर्तन सम्बन्धी नीतिको प्रस्तावित मस्यौदामा जलवायु परिवर्तनका कारण मुलुकको कूल ग्राहस्थ उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब आर्थिक नोक्सानी बेर्होनुपरेको उल्लेख गरिएको छ ।
‘जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, उर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधार लगायतका क्षेत्रमा प्रतिकुल प्रभाव पर्न थालेको छ,’ प्रस्तावित मस्यौदामा भनिएको छ । ‘जलवायु परिवर्तनका कारणले कृषि तथा जलस्रोतक्षेत्रमा देशले कुल ग्राहस्थ उत्पादनको २ देखि ३ प्रतिशतसम्म नोक्सान बेर्होनु परेको छ ।’ आइतबारको कारोबारमा प्रगति ढकालले लेखेकी छन् ।
वि.सं.२०७५ चैत ३ आइतवार ०८:०३ मा प्रकाशित




























