back
CTIZAN AD

उत्तर कोरियासँगको वार्ताले निरन्तरता पाउनेमा अमेरिका आशावादी

वि.सं.२०७५ चैत ३ आइतवार

705 

shares

३ चैत ,वासिङ्टन, संयुक्त राज्य अमेरिका ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्योङयाङसँगको वार्ताले निरन्तरता पाउनेमा वासिङ्टन अझै आशावादी रहेको बताएका छन् ।

“उत्तर कोरियासँगको वार्ता तथा सम्वादले आगामी दिनमा पनि निरन्तरता पाउनेमा हामी आशावादी छौँ,” पोम्पेओले अमेरिकी विदेश विभागमा गरेको पत्रकार सम्मेलनमा भने ।

उनले भने, “म र मेरा उत्तर कोरियाली समकक्षी रि योङ होबीच ‘निकै व्यवसायिकरूपमा सम्वाद’ भएको छ र उक्त सम्वादले आगामी दिनमा कूटनीतिक छलफललाई थप अगाडि बढाउन सकिने अपेक्षा वासिङ्टनको छ ।” तर पोम्पेओले समकक्षीसँग भएका कुराकानीबारे बिस्तृत विवरण भने बताउन चाहेनन् ।

उत्तर कोरियाले हालै भियतनामको राजधानी हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भएको शिखर सम्मेलन असफल हुनुमा अमेरिकी पक्ष दोषी भएको आरोप लगाएको केही घण्टामै पोम्पेओको उक्त भनाई आएको हो ।

हनोइ सम्मेलनमा कुने सहमति हुन नसकेपछि गत फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै वार्तामा ‘एक किसिमको रिक्तता’ देखिएको बताएका थिए ।

ट्रम्पका अनुसार नेता किमले प्योङयाङमाथि लगाइएका सबै प्रतिबन्ध हटाएमा मात्रै उत्तर कोरियालाई ‘ठूलो मात्रमा’ आणविक निशस्त्रीकरण गर्न सकिने बताउनुभएको थियो । तर उत्तर कोरियाली विदेशमन्त्री रिले भने नेता किमले प्रतिबन्धलाई आंशिकरूपमा हटाउन प्योङयाङको तर्फबाट प्रस्ताव लगेको बताएका थिए । उनका अनुसार उत्तर कोरियाली जनताको सहज दैनिकीमा समस्या पारेका प्रतिवन्ध हटाउने प्योङयाङको प्रस्ताव रहेको थियो । तर उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएको केही घण्टामा अमेरिकी विदेशमन्त्रीले आफ्नो भनाई राखेका थिए ।

नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्ने बारेमा पनि निर्णय लिनु हुने बताइएको छ । उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोईमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको पनि बताएका थिए ।

उत्तर कोरियाकी उपविदेश मन्त्री चो सोन हुईले प्योङयाङमा विदेशी कुटनीतिज्ञ एवं संवाददातालाई सम्बोधन गर्दै हनोई शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकामा उत्तर कोरिया दुःखी भएको बताए ।

उनले संयुक्तराज्य अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनःशुरु गर्ने सम्भावना नरहेको अमेरिकी पक्षको वार्ता प्रक्रियाबाट बाहिरिने निर्णयले उत्तर कोरियाली नेता अचम्भित भएको पनि बताए । उनले अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भएपनि विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हठपूर्ण मागहरुले वार्ता बीचमै भङ्ग भएको बताए ।

वि.सं.२०७५ चैत ३ आइतवार ०९:२९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...