
३ चैत, काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ महानगरपालिका १५ स्थित स्वयम्भु किमडोलमा लागुऔषध विक्री वितरण गरि रहेको भन्ने सूचनाको आधारमा शनिबार खटिएको प्रहरी टोलीले स्वयम्भुका २८ बर्षीय सुन्तान गुरुङलाई लागुऔषध डाईजापाम, फेनरागन र नुरफिन गरी १९२ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
सोही घटनामा संलग्न काठमाण्डौ महानगरपालिका–३२ काँडाघारी बस्ने भारत बंगाल प्रदेश मोदिनीपुर ठानाका भारतिय नागरीक राहुल दासको साथबाट अवैध लागुऔषध डाईजापाम, फेनरागन र नुरफिन गरी ९४२ एम्पुल बरामद गरेको छ ।
यसैगरी महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले शनिबारै काठमाण्डौ किर्तिपुर नगरपालिका–७ बाट लागुऔषध भरीएको सिरीन्ज ३ सय थान सहित काठमाण्डौ किर्तिपुर नगरपालिका–५ गौरीगाउँका महेश लामा, पुकार महर्जन र ललितपुर महानगरपालिका धोबीघाट बस्ने दिपेश तामाङलाई नियन्त्रणमा लिएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।
वि.सं.२०७५ चैत ३ आइतवार १३:१२ मा प्रकाशित




























