back
CTIZAN AD

सैनिक शिबरमा आक्रमण हुँदा आठ जनाको मृत्यु

वि.सं.२०७५ चैत ४ सोमवार

792 

shares

४ चैत, बामाको, माली ।  बन्दूकधारी एक समूहद्वारा मालीको सैनिक शिबरमा आक्रमण गर्दा कम्तिमा आठ जना सैनिक अधिकारीको मृत्यु भएको यहाँका सुरक्षाकर्मीले पुष्टि गरेका छन् । झडपपछि पनि केही सैनिक सम्पर्क बाहिर रहेका र केही घाइते भएका बताइएको छ ।

सम्पर्कमा नआएका सैनिकहरू पनि मारिएको हुनसक्ने आशङ्का गरिएपनि कति सैनिक सम्पर्कमा नआएका र कति घाइते भएका भन्ने प्रष्ट विवरण प्राप्त हुन सकेको छैन । सेनाले आक्रमणबाट ठूलो क्षति भएको बताएको छ ।

सेनाले दिएको जानकारी अनुसार, “आक्रमणकारी कार र मोटरसाइकलमा एक्कासी आई मोप्ती क्षेत्रको दिउरा सैनिक शिबिरमा आइतबार विहानै धावा बोलेका थिए, जसमा कैयौँ सैनिक मारिएका छन् वा सम्पर्कभन्दा बाहिर रहेका छन् ।”

सैनिक स्रोतले घटनामा आठ जनाको मृत्यु भएका जनाएको छ तर स्थानीय प्रत्यक्षदर्शीले भने मृतक सैनिकको सङ्ख्या १५ भन्दा बढी रहेको बताइएका छन् ।

मालीमा राष्ट्रसंघको शान्ति अभियान अन्तर्गत ठूलो सङ्ख्यामा फ्रान्स तथा अन्य अन्य मुलुकबाट शान्ति सेना तैनाद गरिएको भएपनि शान्तिको प्रयासले अपेक्षित सफलता पाउन सकेको छैन । सन् २०१८ मा मात्र मालीमा २३७ पटक आक्रमण भएको थियो ।

वि.सं.२०७५ चैत ४ सोमवार ०९:३९ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...