
मन्त्री बिजान नामदार जाँगनेहले भने, “हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ निर्यात गर्नका लागि आवश्यक मापदण्ड बनाइरहेका छौँ ।”
यदि अमेरिकी दबाबमा इरानी तेल निर्यातलाई कठिन बनाइयो भने यसले विश्वकै तेल कारोबारमा नै थप धेरै समस्या खडा गर्नेछ, उनले भने ।
इरानबाट तेल खरिद नगर्दा पनि अमेरिकालाई कुनै प्रभाव नपर्ने भनी इरान मामिला हेर्ने अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधि ब्रायन हुकले शुक्रबार बताएका थिए । “विश्वका अन्य मुलुकबाट हुने तेलको राम्रो आपूर्तिले पेट्रोलियम पदार्थका लागि अमेरिकाको मागलाई सजिलै सम्बोधन गर्नेछ,” हुकले भने । “इरानबाट हुने आपूर्तिमा कडाई गरियोस् वा प्रतिबन्ध लागाइयोस् अमेरिकामा कुनै समस्या आउँदैन ।”
वि.सं.२०७५ चैत ४ सोमवार ०९:३४ मा प्रकाशित






























