back
CTIZAN AD

नेफेसो अमेरिकाको महिला संयोजकमा पूर्वडिआइजी पार्वती थापा

वि.सं.२०७५ चैत ४ सोमवार

561 

shares

संघीय समाजवादी फोरम नेपाल (नेफेसो) अमेरिकाको महिला संघको तर्दथ समिति गठन गरिएको छ ।
संघिय समाजबादी फोरम नेपालकी केन्द्रीय सदस्य कृष्णकुमारी वाईवाको प्रमुख आतिथ्यतामा नेफेसो अमेरीकाद्धारा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा पूर्वडिआइजी पार्वती थापा मगरको संयोजकत्वमा तर्दथ समिति गठन गरिएको हो ।

जसको सहसंयोजकमा मनु लोहोरूङ तथा सदस्यहरूमा निला जवेगु, फोरहाङ पतंवा, कोकिला देवान सदस्य रहेका छन् ।


नवगठित तर्दथ समितिले केहि समयमानै नेफेसो अमेरिकामा आवद्ध महिलाहरुको बृहत भेला गरी पूर्ण कमिटी गठन गरिने बताइएको छ ।

मार्च १७ का दिन न्युयोर्कको ज्याक्सन हाईटमा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपालको वर्तमान राजनीतिक परिस्थिति घटनाक्रम तथा संघिय समाजबादी फोरमको भूमिकाको विषयमा छलफल गरिएको थियो ।

सोहि अवसरमा प्रमुख अतिथि केन्द्रीय सदस्य वाईबाले नेपालमा राजनीतिक अस्थिरता कायमै रहेकोले जनताका समस्या ज्यूँ का त्यूँ रहेको बताउँदै नेपाली जनताले अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभुत गर्न नपाएको बताएका थिए । उनले नेपालको समृद्दि तथा विकास निर्माणका लागि हालको संविधान बाधक रहेको बताउँदै संविधान संशोधनको आवस्यकता रहेको बताएका थिए ।

नेफेसो अमेरीकाका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ससफो राष्ट्रिय परिषद् सदस्य प्रेम कुरूङबाङ, नेफेसो सल्लाहकार सशांक लामा, नेफेसो सल्लाहकार पार्वती थापामगर, नेफेसो अमेरीका सचिव मनु लोहोरूङ, कोषाध्यक्ष निला जवेगु, सदस्य केशबराम राई, सदस्य अनिल सम्बाहाम्फे, देव बहादुर पुन लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

नेफेसो अमेरीकाका महासचिव लोक चेम्जोङले कार्यक्रम संचालन गरेका थिए ।

वि.सं.२०७५ चैत ४ सोमवार १०:५२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...