back

पर्यटकीय क्षेत्रलाई चिनाउन महाकाली–मेची साइकल यात्रामा पत्रकार उषा

वि.सं.२०७३ कात्तिक २१ आइतवार

156 

shares

२१ कात्तिक, कञ्चनपुर । नेपालको भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट चिनाउनका लागि महाकाली–मेची साइकल यात्रा सुरु गरिएको छ ।

विगत २५ वर्षदेखि देशमा रहेका सामाजिक तथा राजनीतिक क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्दै आइरहनुभएकी महिला फोटो पत्रकार उषा टिटिक्षुले महाकाली–मेची साइकल यात्रा सुरु गर्नुभएको हो ।

कञ्चनपुरको दोधारा झोलुङ्गे पुलनजिक बाट शनिबार यात्रा सुरु गर्नुभएकी टिटिक्षुले राजनीतिक तथा सामाजिक विषयवस्तुमा मात्र रहेर फोटो पत्रकारिता सुरु गर्दै आए पनि अबको समयमा नेपालको भौगोलिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई विषयवस्तु बनाएर फोटो पत्रकारिता गर्ने बताउनुभयो ।

महाकालीबाट सुरु भएको साइकल यात्रा अबको चार महिनापछि मेचीमा पुगेर समापान हुनेछ । चार महिनाको अवधिमा नेपालका विभिन्न भौगोलिक स्थानको फोटो खिच्दै जाने र यात्रा समापनपश्चात् देश तथा विदेशमा गएर फोटो प्रर्दशनी गर्ने टिटिक्षुले बताउनुभयो । देशको पश्चिमी सिमानाका महाकाली नदीको बगरको बालुवामा नेपालको नक्सा बनाउँदै उहाँले साइकल यात्रा सुरु गर्नुभएको हो । पश्चिमी सिमानाका महाकालीबाट यात्रु सुरु गर्नुभएकी टिटिक्षु आज कञ्चनपुरबाट यात्रामा निस्कनुभएको छ । रासस

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०४:२० मा प्रकाशित

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट...