२१ कार्तिक, वासिङ्टन । अमेरिकी राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा होमिएका रोनाल्ड ट्रम्पको चुनावी सभा खैलाबैला हुँदा केही समयका लागि कार्यक्रम तनाबग्रस्त बन्न पुगेको छ ।
नेभदामा आफ्ना समर्थकहरुका माझ चुनावी भाषण गर्न मञ्चमा उत्रिएका बेला फ्लोरबाट एक युवकले ‘गन’ भनेर चिच्याएपछि सभामा खैलाबैला मच्चीएको थियो भने कार्यक्रम एकछिनका लागि तनाबग्रस्त बन्न पुगेको थियो । कार्यक्रममा खैलाबैला सुरु भएपछि ट्रम्पलाई दुई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थान तर्फ लगेका थिए ।
सुरक्षाकर्मीका अनुसार सभामा चिच्याउने युवकलाई पक्राउ गरि अनुसन्धान गर्दा कुनै हातहतिहार भेटिएन । तर ती व्यक्ति को हुन् भन्ने बारे भने सार्वजनिक नगरिएको छैन । अवरुद्ध बनेको कार्यक्रम पुनः सुचारु भएको थियो भने ट्रम्पले सभालाई सम्बोधन गरेका थिए । स्रोत : एपी
वि.सं.२०७३ कात्तिक २१ आइतवार ०४:३२ मा प्रकाशित