back
CTIZAN AD

अमेरिकामा प्रचण्ड विरुद्धको उजुरी,’चर्चामा आउने खेल’

वि.सं.२०७५ चैत ५ मंगलवार

651 

shares

५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विरुद्ध अमेरिकाको बाल्टिमोरमा दिएको उजुरी केवल रमाइलो गर्ने र चर्चामा आउनका लागि भएको अमेरिकाका नेपालीले बताएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेकपाका अध्यक्ष दाहाल अमेरिकाको केन्टुकी युनिभर्सिटीमा कार्यरत डा.तिलक श्रेष्ठले बाल्टिमोरको फेडरल इन्भेष्टिगेशन व्यूरो (एफबिआई) मा १७ मार्चमा उजुरी दिएका थिए ।

उनको उजुरी पत्रमा पत्रमा लेखिएको थियो ‘यो हप्ता नेपालबाट आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल जसलाई ‘प्रचण्ड’ पनि भनिन्छ, को यात्राका बारेमा रिर्पोट गर्न चाहान्छु । यसभन्दा पहिले उनी अमेरिकाको आतंकवादीको सूचीमा पनि थिए । उनको विद्रोहबाट १७ हजार भन्दा बढी गरिव नेपाली मारिएका थिए । उनी आफ्नी पत्नी सीता दाहालको चिकित्शा उपचारका लागि जोन हकिन्स अस्पतालमा रहेका छन् ।’

उनले आतंकवाद सम्बन्धी राष्ट्रिय अन्तराष्ट्रिय कानुनी प्रचलन र अमेरिकी अडान स्मरण गराउँदै अध्यक्ष दाहालमाथि कारबाहीको निवेदन समेत गरेका छन् ।

उनको यो प्रयासका सम्बन्धमा वासिङटनमा रहेका बिमल घिमीरे भन्छन् ‘निवेदक आफै नैतिक धरातल नभएका र उट्पट्याङ गरेर चर्चामा आइरहन चाहाने मान्छे हुन् । तथापि उनको यो हरकतको सर्वत्र निन्दा भएको छ ।’

अमेरिकामा रहेका एक नेपाली कानुन व्यवसायीका अनुसार अमेरिका अन्तराष्ट्रिय अदालतको सदस्य नभएकोले संघीय अनुसन्धान व्युरोले सिधै समाएर कानुनी कारबाही गर्नसक्ने स्थिति रहेको छैन ।

अर्का एक नेपाली भन्छन्–‘अमेरिकाको नेपाली समाजमा कुनैपनि कुरामा अतिवाद देखिने गरेको छ । अस्ति राष्ट्रपति आउँदा समेत कालो झण्डा देखाउने भन्दै तयारी समेत गरेका थिए । यस्तो पनि हुन्छ ? राष्ट्रप्रमुख आउँदा विरोध ! राष्ट्रप्रमुख त कुनै दलको होइन नि अहिले ।’

सँगसँगै न्यूयोर्कमा रहेका सुरेन्द्र अधिकारीले संसारन्यूजसँग भने ‘नेपालको परिवर्तनलाई आत्मासाथ नगर्ने प्रतिगामीहरु अमेरिकामा समेत चुरीफुरी गरिरहेका छन् । प्रचण्डकै समर्थकहरु ठूलो संख्यामा अमेरिकामा रहेकाले यस्ता हर्कतबाट आफूहरु विचलित नहुने र निज निवेदकको गलत र कुत्सित नियतलाई अमेरिकी सरकारले सोहि ढंगले बुझ्ने छ भन्ने विस्वास गर्ने छौं ।’

त्यस्तै प्रचण्ड निकट स्रोत भन्छन् ‘प्रचण्ड पत्नी सीता दाहालको उपचारका निम्ति प्रचण्डको यो एकल प्रयास नभएर प्रधानमन्त्री ओलीसँगको सल्लाह, पार्टी नेताहरु सँगको छलफल, नेपालीस्थित अमेरिकी राजदूतको सुझाव र अमेरिकामा रहेका नेपाली राजदूतको समन्वयमा प्रचण्ड अमेरिका गएकाले श्रेष्ठको कथित उजुरीका विषयमा कसैले पनि टाउको दुखाईरहनु पर्र्दैन् ।’

यसैबीच प्राप्त थप समाचार अनुसार राजदूत डा. अर्जुन कार्कीसँग पूर्वप्रधानमन्त्री प्रचण्डले उपचारका लागि आएकोले धेरै औपचारिक कार्यक्रम आयोजना नगर्न सुझाव दिइएको पनि बताइएको छ ।

यस्तो छ श्रेष्ठको उजुरी पत्र

वि.सं.२०७५ चैत ५ मंगलवार १७:३८ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...