back
CTIZAN AD

प्रज्ञा प्रतिष्ठानमा विप्लपुरुषमाथि बिमर्श

वि.सं.२०७५ चैत ६ बुधवार

609 

shares


६ चैत, काठमाडौं । महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रयासहरु भइरहे पनि भ्रष्टाचार नघटेको उनी बताउँछन् ।
नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको मंगलबार लोकार्पण कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो कार्यक्रम बोल्दै उनले भने, “प्रथम महालेखा परिक्षकले आफ्नो प्रतिवेदनमा कर्मचारीले सरकारी प्रयोजनका लागि साइकल किनेर व्यक्तिगत रुपमा प्रयोग गरेको भन्दै त्यसमा चिन्ता व्यक्त गरेका थिए । तर, आज साइकलका ठाउँमा मोटरसाइकल, कार, हेलिकोप्टरसम्मका कुराहरु त्यसैगरी आउने गरेका छन् ।” थापाले सार्वजनिक सम्पति दुरुपयोग नहुने गरी मितव्ययितापूर्वक सार्वजनिक स्रोत सदुपयोग गर्नुपर्नेमा जोड दिएको स्मरण गर्दै शर्माले आफूले पनि उनकै पदचाप पछ्याएको बताए । उनले प्रथम महालेखा परिक्षक थापाको जीवन र उनले लेखेका प्रतिवेदनबाट आफूलाई आड र प्रेरणा मिलेको बताए ।
एक प्रसंगमा महालेखा परिक्षक शर्माले थापा सैनिक सेवामा जर्नेल भएर पछि महालेखा परिक्षकमा नियुक्ति भएको जानकारी दिँदै त्यसपछिका महालेखा परिक्षकलाई जर्सापको सम्वोधन गर्ने गरिएको खुलासा गरे । राज्यले अहिले थापाको जीवनी पढाउनु आवश्यक रहेको जोड दिँदै शर्माले थापा राज्यको एक पैसा पनि हिनामिना भएको सहन नसक्ने व्यक्तित्व भएको र उनी जस्तै व्यक्ति अहिले ठूलो खाँचो रहेको दावी गरे ।
कार्यक्रमका विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले थापा जस्ता व्यक्ति इतिहासमा मात्र सीमित बन्न नहुने बताए । उनले प्रतिष्ठान बनाएर थापाको व्यक्तित्व र कृतित्वलाई जीवन्त बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व गर्भनर हिमालय शमशेर पनि उपस्थित थिए । शमशेरले थापा आफ्नो काममा कर्तव्यनिष्ट भएर लाग्ने व्यक्तित्व रहेको भन्दै उनीसँगको केही सम्झनाहरु सुनाए । थापा तत्कालीन सरकारको मुख्य सचिव रहेकाबेला आफूले राती सिंहदरवारबाट हिड्दै घरतिर गएको भेटेको जानकारी दिए । मुख्य सचिव रहेका बेला थापा अबेरसम्म काम गरेर सिंहदरवारबाट हिडेर घर पुग्ने गरेको शमशेरले जानकारी गराए । एकपटक सिंहदरवारबाट राती अबेर हिड्दै घर जान लागेका बेला भेटेको सुनाउँदै त्यतिबेला थापाले मन्त्रिपरिषदको बैठक अबेरसम्म बसेको र सो बैठकका निर्णयहरु लेख्दा आफूलाई अझ रात परेको सुनाएको जानकारी दिए । तर, अहिले भने सामान्यभन्दा सामान्य काममा पनि सरकारी सम्पतिको दुरुपयोग हुने गरेको उनको भनाई थियो ।
कार्यक्रममा पुस्तकमाथि दामोदर पुडासैनीले पुस्तकको समीक्षा गरेका थिए भने थापाको व्यक्तित्वका बारेमा पूर्व सचिव युवाराज भुषाल, डा. नारायणप्रसाद, सहायक रथी गणेशबहादुर भण्डारी, भगवती दास लगायतले थापाका बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ कृति र यस कृतिका प्रमुख पात्र चन्द्रबहादुर थापाका बारेमा चर्चा गरेका थिए ।
यो कृति कलाकार तथा साहित्यकार रमेश दाहालले सम्पादन गरेका हुन् । ३२४ पेजको यस पुस्तकमा ४० जना लेखकले थापासँग जोडिएका स्मृति र उनको व्यक्तिमाथि प्रकाश पार्दै लेखेका छन् । पुस्तकमा पूर्वप्रधानमन्त्रीहरु विपी कोइराला, डा. केआई सिंहदेखि अहिलेका चर्चित लेखक सौरभ र पत्रकार भैरव रिसालसम्मले थापाका बारेमा लेखेका लेख तथा संस्मरणहरु संग्रहित गरिएको छ । पुस्तकले तत्कालीन नेपालको प्रशासनिक संरचना, सो संरचनाभित्र रहेको संस्कार, कार्यशैलीलाई राम्रोसँग चित्रण गर्ने पुस्तकका सम्पादक रमेश दाहाल बताउँछन । उनी नेपालको प्रशासनिक संस्कार, कार्यशैली तथा नेपालको भ्रष्टाचारलाई अध्ययन गर्ने हो भने यो पुस्तक अध्ययन गर्नु आवश्यक रहेको दावी गर्छन् । स्वर्गीय थापा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनको लेफ्टिनेन्ट, नेपाल सरकारका मुख्य सचिव, महालेखा परिक्षक सहित विभिन्न निकायका प्रमुख भएर काम गरेका थिए ।
प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चन्द्रबहादुर थापाका नाती डा. विजयकुमार थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रा.रामप्रसाद दाहालले गरेका थिए ।

वि.सं.२०७५ चैत ६ बुधवार २०:०७ मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...