back
CTIZAN AD

न्यूजील्यान्डमा व्यक्तिले स्वचालित हतियार राख्न नपाउने घोषणा

वि.सं.२०७५ चैत ७ बिहीवार

570 

shares

७ चैत, क्राइस्टचर्च ।  न्यूजील्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो ।

प्रधानमन्त्री जासिन्डा आर्डनले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुनेगरी बन्देज लगाइएको जानकारी दिए ।

क्राइस्टचर्चका दुई वटा मस्जिदमा भएका आक्रमणमा अस्ट्रेलियाका अतिवादी एक गोरा व्यक्तिले न्यूजील्यान्डको कमजोर बन्दुक नियमको फाइदा उठाउँदै आक्रमण गरेका थिए ।

प्रधानमन्त्री आर्डनले भने, “संक्षेपमा, शुक्रबारको आतङ्कवादी आक्रमणमा प्रयोग गरिए जस्ता हरेक अर्ध–स्वचालित हतियारमाथि यस मुलुकमा प्रतिबन्ध लगाइने छ ।”

उनले उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइने बताए ।  यी म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गर्न सकिन्छ ।

संयुक्तराज्य अमेरिका र विश्वका अरु विभिन्न मुलुकका बन्दुक नियन्त्रणको पक्षमा वकालत गरिरहेकाहरुले न्यूजील्यान्डको पछिल्लो कदमप्रति खुशी व्यक्त गरेका छन् ।

वि.सं.२०७५ चैत ७ बिहीवार १८:१४ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...