back
CTIZAN AD

अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने

वि.सं.२०७५ चैत ७ बिहीवार

651 

shares

७ चैत, वासिङ्टन ।  अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गरेका छन् ।

उनले अफगास्तिानका लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतसँग भेटवार्ता र परामर्श गर्ने भएका छन् ।

उनले हाल जारी रहेको अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा अफगानिस्तानका लागि ती देशका विशेषदूतहरुसँग भेटवार्ता गरेका हुन् । अफगानिस्तानको पुननिर्माणका विषयमा ती देशहरुले अफगानिस्तानका लागि आ–आफ्ना विशेषदूतहरु नियुक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिअनुसा लागि हर अमेरिकी विशेषदूत खलिलजादले उहाँहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी अफगानिस्तानमा शान्ति स्थापनाका ाल जारी रहेको प्रक्रियाको बारेमा जानकारी गराई आवश्यक परामर्श पनि लिनेछन् ।

अफगानिस्तनमा जारी हिंसा कम गर्नका लागि ती देशले के कस्तो सहयोग गर्न सक्छन् भन्ने विषयका साथै हाल जारी शान्तिवार्ताको प्रक्रियालाई पूर्णता दिन ती देशको भूमिका के हुनेछ भन्ने बारेमा पनि छलफल हुने बताइएको छ ।

विशेषदूत खलिलजादले हालैमात्र दिएको अभिव्य00000000000000000000000000000000000000000000क्तिमा अफगानिस्तानमा शान्तिका लागि जारी प्रक्रिया सकारात्मक रुपमा अघि बढेको बताएका थिए ।

कतारमा हालै भएको तालिबान र अफगान सरकारका प्रतिनिधिसँगको वार्ता सकारात्मक भएको जानकारी उहाँले हालैमात्र सार्वजनिक गरेका थिए ।

अफगानिस्तानमा शान्ति स्थापना गर्ने पछिल्लो प्रयासस्वरुप त्यहाँ हिंसात्मक विद्रोह जारी राखेका तालिबानहरुसँग वार्ता भइरहेको छ ।

उक्त प्रक्रियाको नेतृत्व अमेरिकाले गरिरहेको छ । केही समयमात्र अघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता भएको थियो ।

वि.सं.२०७५ चैत ७ बिहीवार १८:०९ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...